२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडको फाइनल भेट आयोजक बुट्टाबारीसँग


बिर्तामोड, चैत ३१ । बिर्तामोड युनाइटेड क्लब झापाको बुट्टाबारीमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । फाइनलमा बिर्तामोडले आयोजक बुट्टाबारी युनाइटेड क्लबसँगको भेट पक्का गरेको हो ।

मंगलबार भएको अन्तिम सेमिफाइनल खेलमा जलथल फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै बिर्तामोडले अन्तिम दुईमा स्थान निश्चित गरेको हो ।

बिर्तामोडका सूर्य टुडुले खेलको ७ औँ मिनेटमा र विक्रम तामाङले १८ औँ मिनेटमा गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए । जलथलका लागि बिजु भूजेलले ३८ मिनेटमा एक मात्र गोल फर्काएका थिए ।

आजको म्यानअफ द म्याच बिर्तामोडका विक्रम तामाङ भए । उनलाई झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड–६ का वडा अध्यक्ष सूर्य कन्दङवालगायतले नगद २ हजार प्रदान गरे ।

बिर्तामोड नगरपालिका वडा नम्बर ६ र हरियाली सामुदायिक वन उपभोक्ता समूहको सहयोग तथा बुट्टाबारी युनाइटेड क्लबको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका आठवटा टिमले भाग लिएको अध्यक्ष हिमाल कन्दङवाले बताए ।

प्रतियोगिताका विजेताले ५५ हजार र उपविजेताले ३३ हजार नगद तथा ट्रफी पाउनेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख २ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer