२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एम्बुलेन्स अनियन्त्रित हुँदा चालकको मृत्यु


बिर्तामोड, बैशाख २ । पूर्वपश्चिम राजमार्गको झापा दुधेमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको बा. २१ च ७९८४ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना भएको प्रहरी जनाएको छ । आज बिहीबार बिहान ०४ः२० बजे भएको सो दुर्घटनामा एम्बुलेन्स चालक ललितपुर गोदावरी ७ बस्ने २० वर्षीय उत्सव घिमिरेको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते घिमिरे र एम्बुलेन्समा सवार सोही ठाउँका २० वर्षीय सन्तोष तामाङलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा चालकको बाटोमा मृत्यु भएको हो ।

गम्भीर घाइते तामाङको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरेहेको छ । एम्बुलेन्स इलाका प्रहरी कार्यालय झिलझिलेतर्फ ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी एम्बुलेन्स क्षतिग्रस्त बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer