२०८१ मंसिर १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

उपाधि बिर्तामोड युनाइटेडलाई


बिर्तामोड, बैशाख २ । आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई हराउँदै पाहुना टोली बिर्तामोड युनाइटेड क्लबले झापाको बुट्टाबारीमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।

बिहीबार बुट्टाबारीमा सम्पन्न फाइनल खेलमा बिर्तामोडले बुट्टबारीबिरुद्ध ४–२ को जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

पहिलो हाफ १–१ को बराबरीमा सकिए पनि दोस्रो हाफमा बिर्तामोडले थप दुई गोल गर्दै जित निश्चित गरेको थियो । खेलको १९ औँ मिनेटमा बिर्तामोडमा सूर्य टुडुले गोल गर्दै अग्रता दिलाए पनि ३१ औँ मिनेटमा बुट्टाबारीमा बबिन बोहोराले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए ।

खेलको ४८ औँ मिनेटमा बिर्तामोडका आशिष चापागाईंले गोल गर्दै नतिजा २–१ मा पुर्याए । बुट्टाबारी खेलमा फर्कने कोसिस गरे पनि उपाधि रक्षा गर्न भने सकेन । ५४ औँ मिनेटमा बिर्तामोडका प्रशान्त लक्समले आफ्नो टिमका लागि तेस्रो गोल गरे ।

बुट्टाबारीका बबिनले ७४ औँ मिनेटमा टिमका लागि तथा व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा फर्कने प्रयास गरेका थिए । तर, त्यसको ४ मिनेटपछि बिर्तामोडका विक्रम तामाङले गोल गर्दै नतिजा ४–२ बनाएका थिए । फाइनल खेलको म्यान अफ दि म्याच बिर्तामोडका घोषित भए । उनले नगद २ हजार पाए ।

उपाधिसँगै बिर्तामोडले नगद ५५ हजार, मेडल र ट्रफी पाएको छ । उपविजेतामा सीमित आयोजक बुट्टाबारीले नगद ३३ हजार, मेडल र ट्रफी प्राप्त गरेको छ ।

प्रतियोगिताको बेस्ट गोल किप्पर बिर्तामोडका अभिषेक रिजाल, बेस्ड डिफेन्स बिर्तामोडकै विशाल बस्नेत, बेस्ड मिल्ड फिल्ड प्रशान्त लक्सम, उत्कृष्ट फर्वाड बुट्टाबारीका सनम लिम्बू भए । प्रतियोगिताका राइजिङ खेलाडी बुट्टाबारीका अभिषेक चौधरी घोषित हुँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बुट्टाबारीकै विप्लव मैनाली भए । पिपल्स च्वाइसको पुरस्कार विजय राईले पाए ।

बिर्तामोड नगरपालिका वडा नम्बर ६ र हरियाली सामुदायिक वन उपभोक्ता समूहको सहयोग तथा बुट्टाबारी युनाइटेड क्लबको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका आठवटा टिमले भाग लिएको अध्यक्ष हिमाल कन्दङवाले बताए ।

विजेता तथा उपविजता टिमलाई कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेशसभा सदस्य एकराज कार्की, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, बिर्तामोड ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङवालगायतले पुरस्कार, मेडल तथा ट्रफी वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer