२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु


चन्द्रगढी, बैशाख ३ । झापामा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बाह्रौँ संस्करण उद्घाटनसँगै खेल सुरु भएको छ ।

भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार सुरु भएको प्रतियोगिताको एक समारोहका बीच १ नम्बर प्रदेशसभा सदस्य वसन्त बानियाँले उद्घाटन गरे । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि बानियाँले विद्यालय तहदेखि नै खेलकुदमा सहभागी गराई खेलकुदमा सक्षम जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।

झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनाली र प्रशिक्षक दुर्गानाथ निरौलाले संयुक्त रुपमा सञ्चालन गरेको उद्घाटन समारोहमा भद्रपुर नगरपालिकाका प्रमुख जविनकुमार श्रेष्ठले प्रतियोगिता मर्यादित ढंगबाट सफलताको शुभकामना व्यक्त गरे ।

भलिबल, एथ्लेटिक्स, कबड्डी, तेक्वान्दो, कराते र उसु विधा समावेश गरिएको प्रतियोगिताअन्तर्गत पहिलो दिन भएका खेलहरुबाट केही खेलका परिणाम घोषणा भएको कार्यालय प्रमुख मैनालीले बताए ।

पहिलो दिन एक सय मिटर दौड छात्रतर्फ दमक नगरपालिकका विनय धिमाल प्रथम, बाह्रदशीका रमेश सोरेन दोस्रो र मेचीनगरका अभिनाश चौधरी तेस्रो भए । छात्रातर्फ दमककी हिमा पौडेल प्रथम, कमलकी अनिसा श्रेष्ठ दोस्रो र भद्रपुरकी सविता टुडु तेस्रो भए ।

त्यस्तै, १५०० मिटर छात्रतर्फ भद्रपुरका रञ्जीत राय प्रथम, बिर्तामोडका अनिस बस्नेत दास्रो र बाह्रदशीका दिपक श्रेष्ठ तेस्रो भए । छात्रातर्फ बाह्रदशीकी विष्णु चौलागाईं प्रथम, बुद्धशान्तिकी मुना बाँस्कोटा दोस्रो र हल्दिबारीकी निर्मला किस्कु तेस्रो भए ।

ज्याभलिन थ्रो छात्रतर्फ कमलका सुरज तामाङ प्रथम, बाह्रदशीका बिमल राजवंशी दोस्रो र बिर्तामोडका दिलबहादुर सार्की तेस्रो भए । छात्रातर्फ कमलकी सरिना प्रधान प्रथम, बिर्तामोडकी निसा भट्टराई दोस्रो र बाह्रदशीकी अरुणा राई तेस्रो भए ।

सटपुट छात्रतर्फ कमलकी कृष्णबहादुर विक प्रथम, हल्दिबारीका राजेश राजवंशी दोस्रो र शिवसताक्षीका सनव लिङलेकु तेस्रो भए । छात्रातर्फ अर्जुनधाराकी कञ्चन बिमली प्रथम, मेचीनगरकी सरिता राजवंशी दोस्रो र भद्रपुरकी तृसा जवेगु तेस्रो भए ।

आइतबारसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता खेलाडीहरुले १ नम्बर प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी जनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer