२०७८ बैशाख २४ शुकर्बार
Jhapa Today
Adv top

पत्रकार भण्डारीलाई उत्कृष्ट नागरिकको सम्मान


बिर्तामोड, बैशाख ४ । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी वीरता जेसीज वर्ष २०२१ को उत्कृष्ट नागरिक घोषित भएका छन् ।

कञ्चनजंघा एफएम्का प्रबन्ध निर्देशक समेत रहेका भण्डारीलाई वीरता जेसीज बिर्तामोडले उत्कृष्ट नागरिक घोषणा गर्दै बिर्तामोडमा आज आयोजित कार्यक्रमका बीच सम्मान गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सम्मानित भण्डारीलाई सम्मानपत्र प्रदान गरे । उत्कृष्ट नागरिक घोषणा भएसँगै पत्रकार भण्डारीलाई झापाका विभिन्न १३१ वटा संघसंस्थाले सामुहिक अभिनन्दन गर्दै सम्मान गरेका थिए ।

वीरता जेसीज बिर्तामोडले हरेक वर्ष विभिन्न क्षेत्रमा क्रियाशील एकजनालाई उत्कष्ट नागरिक घोषणा गर्दै सम्मान गर्ने गरेको वीरता जेसीजका अध्यक्ष राजीव धिमालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*