२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बुद्धशान्ति-६ अन्तिम चारमा


बुद्धशान्ति, बैशाख ६ । बुद्धशान्ति वडा नम्बर ३ लाई पराजित गर्दै वडा नम्बर ६ बुद्धशान्ति गाउँपालिकामा जारी प्रथम अध्यक्ष कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनल प्रवेशका लागि वडा ६ का गणेश मगरले दोस्रो हाफको ३७ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । खेलको अन्तिम समयसम्म गोलरहित बराबरी भएको खेल निकै रोमाञ्चक भएको थियो ।

बुद्धशान्ति गाउँपालिकाले पहिलोपटक आयोजना गरेको प्रतियोगितामा बुद्धशान्ति १ ए र २ यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । मङ्गलबार वडा ७ र १ को बि बीचको खेल हुनेछ । योसँगै सेमिफाइनल समीकरण पूरा हुने खेल संयोजक तथा वडाध्यक्ष शम्भुप्रसाद पौड्यालले जानकारी दिए ।

स्थानीयस्तरमा रहेका खेलाडीलाई प्रोत्साहन गर्न र पालिकास्तरीय टिमका लागि खेलाडी छनोट गरी अन्तर पालिका÷नगरपालिकामा आयोजना हुने फुटबल प्रयोगितामा सहभागी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताए ।

बुद्धशान्ति १ को त्रिभुवन माविको खेल मैदानमा जारी प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ र उपविजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer