२०७८ बैशाख २४ शुकर्बार
Jhapa Today
Adv top

एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङसहित परिवारलाई कोरोना


झापा, बैशाख ८ । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसहित परिवारलाई कोरोना संक्रमण भएको छ ।

मेचीनगर धुलाबारी निवासी नेम्वाङ, उनका श्रीमती र छोराछोरीलाई कोरोना संक्रमण भएको हो । उनीहरु काठमाडौँ ललितपुरको धुलाहिटीस्थित घरमा बस्दै आएका छन् ।

नेम्वाङ परिवारलाई बैशाख १ गते नै संक्रमण पुष्टि भएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । कोरोना पुष्टि भएपछि परिवारसहित नेम्वाङ होम क्वारेन्टिनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*