२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बुद्धशान्ति १ (ए) फाइनल प्रवेश


बिर्तामोड, बैशाख ८ । बुद्धशान्ति १ (ए) गाउँपालिकामा जारी प्रथम अध्यक्ष कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा वडा नम्बर ६ लाई ३–० ले पराजित गर्दै वडा १ को (ए) ले फाइनलको यात्रा तय गरेको हो । यसअघि वडा ६ ले ३ लाई १–० ले र वडा १ (ए) ले वार्ड ४ लाई २–१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

त्यस्तै, दोस्रो तथा अन्तिम सेमिफाइनलमा बिहीबार वडा नम्बर ७ र २ भिड्नेछन् । वडा ७ ले वडा १ (बि) लाई र २ ले वडा ५ लाई पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेका थिए ।

बुद्धशान्ति गाउँपालिकाले पहिलोपटक आयोजना गरेको प्रतियोगिताले स्थानीयस्तरमा रहेका खेलाडीलाई प्रोत्साहन गर्न र पालिकास्तरीय टिम बनाउने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताए ।

प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ र उपविजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक शम्भुप्रसाद पौड्यालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer