२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

आजबाट सुरु हुने नेपाल सुपर लिगमा काठमाडौँ र ललितपुर खेल्दै


झापा, बैशाख ११ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज काठमाडौँ रेजर्स र ललितपुर सिटी एफसीबीचको खेलसँगै प्रतियोगिताको सुरुवात हुनेछ । काठमाडौँ र ललितपुरबीचको उद्घाटन खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्न चाहन्छ । त्यसैले दुई भ्याली डर्बी क्लबबीचको भिडन्त रोमाञ्चक हुने अनुमान गरिएको छ ।

मुख्य प्रशिक्षक बाल गोपाल महर्जनको नेतृत्वमा रहेको काठमाडौँको कप्तानी गोलकिपर विकेश कुथुले गर्ने छन् । ललितपुरको कप्तानी अञ्जन विष्टले गर्ने छन् । टिमको प्रशिक्षकमा प्रदिप हुमागाईं रहेका छन् ।

तर, प्रतियोगिताको खेल हेर्न दर्शकलाई रंगशाला प्रवेशको अनुमति छैन । कोरोना महामारीको कारण प्रतियोगिता बन्द रंगशालामा हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता जेठ १ सम्म सञ्चालन हुनेछ ।

आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, काठमाडौँ रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख पाउने छन् । यस्तै उपविजेताले १५ लाख पाउने छन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही १ लाख पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीले १ लाख पाउने छन् ।

त्यस्तै, हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार र हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer