२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापाली समाज अस्ट्रेलिया र भद्रपुर रोटरीले सार्वजनिक शौचालय बनाउँदै


झापा, बैशाख ११ । झापालीको दुःखसुखमा सधैँ सहयोगी बन्दै आएको झापाली समाज अस्ट्रेलियाले भद्रपुरमा सार्वजनिक शौचालय बनाइदिने भएको छ ।

जिल्लाको सबैभन्दा पुरानो भद्रपुर नगरपालिकाभित्र सार्वजनिक शौचालय समेत नभइरहेको अवस्थामा झापाली समाजका अध्यक्ष उमेश पोखरेलले चासो राखेका थिए । रोटरी क्लब अफ भद्रपुरसँगको सहकार्यमा बन्ने शौचालयको एक कार्यक्रमका बीच शिलान्यस भइसकेको छ ।

ट्रेड युनियन चोक चन्द्रगढीमा निर्माण गरिने शौचालयका लागि भद्रपुर नगरपालिकाको सहयोग रहनेछ । नगरप्रमुख जीवनकुमार श्रेष्ठले शौचालयको शिलान्यास गरेका हुन् ।

१५ लाख रुपैयाँको लागतमा अबको २ महिनाभित्र शौचालय निर्माण सम्पन्न गरिसक्ने योजना छ । शिलान्यास गर्दै नगर प्रमुख श्रेष्ठले शौचालय निर्माणले जिल्लाभित्रबाट सरकारी सेवा लिन आउने आमनागरिकलाई सेवा पुग्ने बताउँदै शौचालय निर्माण कार्यका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष आदित्य पराजुलीले समाजसेवा क्लबको मुल दायित्व भएको उल्लेख गर्दै शौचालय निर्माण कार्य अबको २ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

उनले ६ वटा बाथरुम र ४ वटा युरिनल सहितको महिला तथा पुरुषको छुट्टाछुटै शौचालय निर्माण गरिने बताउँदै क्लबले निकट भविष्यमा भद्रपुर ८ स्थित सगरमाथा चोकमा क्लक टावर निर्माण गर्ने योेजना रहेको जानकारी दिए । शौचालय निर्माणपश्चात सदरमुकाममा सेवा लिन आउने आमनागरिकलाई सहज हुने उनको धारणा छ ।

पराजुलीको अध्यक्षता तथा सचिव ईश्वर अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागतसहित औचित्यमाथि नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर १ का अध्यक्ष तथा रोटरी क्लब भद्रपुरका पूर्वअध्यक्ष टिकाराज ढकालले प्रकाश पारेका थिए ।

कार्यक्रममा झापाली समाज अस्ट्रेलियाकी महिला कोअर्डिनेटर सोनु पुडासैनी, भद्रपुर ८ का वडा अध्यक्ष मनोज सुब्बालगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer