२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाई भेट्रान्स कपः उपाधि आयोजकलाई


सुरुङ्गा, बैशाख ११ । पाहुना टोली हाम्रो इटहरी भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले हराउँदै आयोजक कनकाई भेट्रान्स क्लबले झापाको सुरुङ्गामा सम्पन्न कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

जितसँगै कनकाईले नगद १ लाख १ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता हाम्रो इटहरीले ६१ हजार रुपैयाँमा चित्त बुझायो ।

शनिबार कनकाई माविको खेल मैदानमा भएको फाइनल खेलमा कनकाईले हाम्रो इटहरीलाई सुरुवातदेखि नै दबाबमा राखेको थियो । हाम्रो इटहरीले केही मुभ बनाए पनि गोल गर्न भने सकेन ।

खेलको १३ औँ मिनटमा कनकाईका रमेश गुरुङले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । हाम्रो इटहरीको फितलो रक्षापंक्तिको फाइदा उठाउँदै सन्तोष बस्नेतले उपलब्ध गराएको क्रसलाई रमेशले गोलको दिशा दिएका थिए ।

त्यस्तै, रमेशको पासमा सन्तोषले टिमका लागि २४ औँ मिनेटमा दोस्रो गोल गरेका थिए । ४४ औँ मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।

गोलपोस्टको दायाँ बार च्यापेर सन्तोषले गरेको प्रहार गोलरक्षको हातबाट फुस्किएर गोलमा परिणत भएको थियो । १६ र २० औँ मिनेटमा नरेन्द्रमणि लिम्बूको दुईवटा हेडर हाम्रो इटहरीका गोलरक्षक देव कान्तले बचाएका थिए ।

फइनल खेलको म्यान अफ द म्याच आयोजक कनकाईका सन्तोष बस्नेत भए । उनलाई ढुवानी व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा युवा व्यवसायी श्याम प्रसाईंले नगद दुई हजार रुपैयाँ प्रदान गरे ।

प्रतियोगिताभरिको उत्कृष्ट गोलरक्षक कनकाईका सञ्जय ठाकुर भए । उनले नगद दुई हजार पाए । उत्कृष्ट खेलाडी रमेश गुरुङ घोषित भए । उनले नगद पाँच हजार पाए ।

विजेता तथा उपविजेता टोलीलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मञ्जु प्रसाईंलगायतले पुरस्कार वितरण गरेका थिए ।

कनकाई भेट्रान्स क्लबको आयोजनामा कनकाई माविको खेल मैदानमा भएको प्रतियोगितामा ८ वटा टिम सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer