२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कर्णाली साकोसले १० लाख उपचार खर्च दिने


झापा, बैशाख १२ । झापा बिर्तामोड–४ को कर्णाली बचत तथा ऋण सहकारी संस्थाले कोरोना महामारीका कारण स्वास्थ्य तथा शिक्षामा विशेष ध्यान दिने भएको छ ।

कोरोना महामारी बढ्दै गइरहेकाले संस्थाले सदस्यहरुका लागि स्वास्थ्य र शिक्षामा विशेष ध्यान दिने भएको हो । कोभिड–१९ लाई मध्यनजर गर्दै संस्थाको आगामी रणनीति तय गरिने संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले जानकारी दिए ।
संस्थाले आइतबार बिर्तामोडमा त्रैमासिक समीक्षासहितको पत्रकार सम्मेलन गरेर संस्थाको गतिविधिका बारेमा जानकारी दिएको थियो ।

संस्थाले समयभन्दा अगावै तोकिएको लक्ष्य पूरा गरेको अध्यक्ष श्रेष्ठले बताए । झापाका १५ वटै स्थानीय तह तथा मोरङ र इलाम जिल्ला गरेर २७ वटा सेवा केन्द्र सञ्चालन गरेको उनले बताए ।

२०३ जना कर्मचारी रहेको संस्थाले नयाँ सेवा केन्द्रमा ३८ जना कर्मचारी थप गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । ३८ हजार ७८१ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी ३४ करोड ७५ लाख ३० हजार ८ सय पुगेको छ । संस्थाले चैत मसान्तसम्मा १ अर्ब ३६ करोड ४७ लाख ३४ हजार ५ सय ३८ रुपैयाँ बचत गरेको छ ।

२ अर्ब ७५ करोड ९३ लाख ६२ हजार ५२ रुपैयाँ लगानी गरेको छ । संस्थाले चैत मसान्तसम्ममा ८ करोड २३ लाख २३ हजार २ सय ४१ रुपैयाँ नाफा गर्न सफल भएको अध्यक्ष श्रेष्ठले बताए । कोरोना महामारी भए पनि सदस्यलाई संस्थाको सेवाबाट बञ्चित नगराइने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

संस्थाले स्थापना गरेको उपचार कोषको सदस्य बनेका सदस्यलाई १० लाख रुपैयाँसम्म उपलब्ध गराउने संस्थाले लक्ष्य राखेको संस्थाका सचिव भूपाल बस्नेतले बताए । उपचार कोषको सदस्य बन्न पहिलो वर्ष ५ हजार र प्रत्येक वर्ष एक हजार रुपैयाँ कोषमा जम्मा गर्नुपर्ने सचिव बस्नेतले बताए ।

संस्थाले सदस्यको सुविधाको लागि कर्णाली एप्स निर्माण गरी मोबाइल बैंकिङ सेवा सञ्चालन गरिसकेको संस्थाका कार्यकारी प्रमुख चिदानन्द सुवेदीले जानकारी दिए । कार्यक्रमका स्वागत संस्थाका उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer