२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

‘कीर्तिमानी’ त्रिदेशीय सिरिजका बिर्सनै नसक्ने ब्याटिङ र क्रेज


 झापा, बैशाख १३ । शनिबार नेदरलयाण्ड्समाथि सहज जित निकाल्दै नेपालले त्रिदेशीय सिरिजको उपाधि उचाल्यो। एक हप्तासम्म चलेको नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले मात्र एक खेलमा मात्रै हार व्यहोर्‍यो। खासगरी फितलो ब्याटिङका कारण आलोचित रहने नेपालले यसपटको भने ब्याटिङ सुधार्‍यो।

महामारीले झण्डै एक वर्ष खेलकुद ठप्प पारे पनि नेपाली क्रिकेटमा देखिएको सुधारलाई लगातार राष्ट्रिय स्तरका दुई ठूला प्रतियोगिताको प्रभाव, नयाँ खेलाडीको आगमन, अनुभवी प्रशिक्षकको प्रभावलगायत विभिन्न कोणबाट विश्लेषण भइरहेको छ नेपाली क्रिकेट वृत्तमा। त्रिदेशीय सिरिजमा सम्झनलायक कीर्तिमानहरु बने, केही बन्नै लागेर पनि बनेनन् र मुख्य कुरा महामारीकै बीच पनि क्रिकेटको माहोल बन्यो।

कुशल भुर्तेलका अर्धशतक

नेपालको ब्याटिङको चर्चा हुँदा ओपनिङमा साझेदारी नबन्ने समस्या सदाबाहर जस्तै हो। तर यसपटक कुशल भुर्तेल र आशिफ शेख ओपनिङमा आएसँगै साझेदारी पनि राम्रो बन्यो। यही सिरिजबाट राष्ट्रिय टोलीबाट टी २० क्रिकेटमा डेभ्यु गरेका दुबै खेलाडीको ब्याटिङ राम्रो थियो। भुर्तेलले चारवटा अर्धशतकको सहायतामा प्रतियोगिताकै सबैभन्दा धेरै २७८ रन बनाए भने आशिफले १५४ रन बनाए। आशिफ धेरै रन बनाउने ब्याट्सम्यानको सूचीमा तेस्रो नम्बरमा रहे। भुर्तेलले डेभ्युपछि लगातार तीन अर्धशतक लगाएरसमेत कीर्तिमान बनाए।

सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका भुर्तेलले दोस्रो खेलमा मलेसियाविरुद्ध अभिजित ६१ रन बनाएका थिए। त्यस्तै नेदरल्याण्ड्ससँगकै अर्को खेलमा ६२ रन बनाएका उनी यसअघिको मलेसियाविरुद्धको खेलमा भने अर्धशतक बनाउन चुकेका थिए। उनले मलेसियाविरुद्ध १६ रन बनाएका थिए। त्यस्तै फाइनलमा ७७ रन बनाए।

करण केसीको त्यो पारी

एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरिसकेको नेपालले लिग चरणको अन्तिम खेलमा मलेसियालाई हराउँदै शीर्ष स्थानमा रहेर त्रिदेशीय टी २० सिरिजको फाइनल प्रवेश गर्‍यो।

नेपाल र मलेसियाबीचको खेलमा सबैभन्दा रोचक पक्ष थियो करण केसीको ब्याटिङ। उनले १३ बलमा ७ छक्काको सहायतामा ४५ रन बनाए। खेलको एकसमय यस्तो थियो कि उनले युवराज सिंहले टी २० मा बनाएको ‘फास्टेस्ट फिफ्टी’ विश्व कीर्तिमान भंग गर्ने संघारमा थिए। तर उनी त्यसमा असफल रहे।

अन्तर्राष्ट्रिय क्रिकेटमा १२ बलमा भारतीय खेलाडी युवराज सिंह सर्वाधिक छिटो ५० रन बनाएका थिए। क्लब क्रिकेटमा भने क्रिस ग्येल र हजरातुल्लाह जाजैले १२ बलमा अर्शशतक बनाएका छन्। अन्तराष्ट्रिय क्रिकेटमा युवराजले बनाएको कीर्तिमानलाई तोड्नका लागि करणको अगाडि एक बल बाँकी थियो। तर उनले अर्धशतक बनाउन सकेनन्।

यद्यपि, मलेसियासँग खेलमा नेपालको धर्माराउन थालेको ब्याटिङमा उनी आएपछि नै उकासिएको थियो। नेपालले खेलमा २०० रन पनि बनाउन कठिन होला भन्ने अनुमान भइरहेको बेला उनले नेपाललागि सर्वाधिक रन बनाए जसले गर्दा नेपालले २१८ रनको चुनौती प्रस्तुत गर्न सक्यो।

नेपालको बदलिएको ब्याटिङ

नेपालको ब्याटिङको मुख्य समस्या भनेक छिटो धर्मराउने देखिन्छ यसअघिको आँकडालाई हेर्ने हो भने। एक पारीमा लगभग सबै विकेट गइसक्नु र औसतमा १ सयदेखि डेढ सयसम्मको रन आउनु नेपाली टी २० क्रिकेटमा सामान्य झै देखिन्छ। तर यसपटक नेपालले ठूलो स्कोरहरुको शृङखलामात्र बनाएन, ठूलो स्कोरमा कीर्तिमानसमेत बनाउन पुग्यो। त्यो पनि फाइनल खेलमा।

त्रिदेशीय सिरिज अन्तर्गतको फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई २३९ रनको लक्ष्य दियो। यो नेपाली किक्रेट टिमकै लागि ठुलो सफलता हो। सफलता यस अर्थमा नेपालले टी २० मा अहिलेसम्म यति धेरै स्कोर बनाएको थिएन। यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो। त्यस्तै त्रिदेशीय सिरिजमै मलेसियासँग पनि नेपालले २ सय १७ रन बनाएको रेकर्ड छ।

महामारी पछिको लय

कोभिड महामारीपछि लामो समय खेल रोकियो। त्यसपछि राष्ट्रिय स्तरका दुई प्रतियोगिता भए: प्रधानमन्त्री कप र काठमाडौं मेयर्स कप। यो सँगै नेपालले एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कियो त्यो पनि घरेलु मैदानमै। यद्यपि लामो ग्यापको बावजुत नेपाली क्रिकेट टोली लयमा देखियो।

बलिङमा पनि नेपालकै बर्चस्व

सिरिजमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष चारमा नेपाली खेलाडीकै बर्चस्व रह्यो। ५ खेलमा १३ विकेट लिएका सन्दीप लामिछाने सबैभन्दा धेरै विकेट लिने खेलाडी बने भने ५ खेलनै खेलेका करण केसीले ७ विकेट लिँदा २ खेल खेलेका कमलसिंह ऐरी र ५ खेल खेलेका सोमपाल कामीले समान ५/५ विकेट लिए। त्यसपछी नेदरल्याण्ड्समा सेबस्टिअन् ब्राटले ४ विकेट लिए।

रुखमा दर्शक

त्रिदेशीय क्रिकेट सिरिजको सुरुका दुई खेलमा दर्शकले रंगशालामै गएर क्रिकेट हेरे। तर बढ्दो कोरोना संक्रमणका कारण सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने गरी मापदण्ड बनायो। विद्यालदेखि रंगशालासम्म त्यसको प्रभाव पर्‍यो। तेस्रो दिने नेपाल र नेदरल्याण्डस् खेल थियो अनि दर्शकको उपस्थिति भने निषेध गरिएको थियो। तर न दर्शकको हुटिङ रोकिएको थियो न दर्शकहरुले खेल हेर्न नै छाडे। रंगशाला वरपरका रुखमा, त्यहाँका बारहरुमा दर्शक देखिइ नै रहे।

यस्ता फोटोहरु समाजिक सञ्जाल पनि त्यतिकै चर्चामा रहे। नेपाली टोलीका पूर्व कप्तान पारस खड्काले सामाजिक सञ्जालमा तस्बिर हाल्दै टीयू क्रिकेट मैदानमा दर्शकको क्रेज भन्ने आशय दिए। उनको ट्वीटलाई कोटट्वीट गर्दै जारी सिरिज खेलिरहेको नेदरल्याण्ड्सका बेन कुपरले लेखे: मैदानमा दर्शकहरुलाई प्रवेश अनुमति छैन तर यसले नेपाली क्रिकेट समर्थकलाई रोकेको छैन। कुपरले क्रिकेट प्रतिको पूर्ण प्रतिबद्धतासहित आफ्नो टिम प्रतिको माया देख्दा खुशी लागेको बताए।

त्यस्तै नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टीयू क्रिकेट मैदानमा पहिलो पटक दर्शकबिनै खेलेको अनुभव यसपटक गरेको भन्दै यसले आफूलाई नमिठो अनुभुति हुने बताएका थिए।

‘एकदमै नरमाइलो लाग्छ। बाहिरभन्दा त भित्र सेफ छ जस्तो लाग्यो। त्यसरी बस्नुभन्दा बरु आधालाई भित्र आउन दिए अझ सेफ हुने देखियो,’ उनले भने, ‘कस्तो नमज्जा भने कोही रुख चढिरहेको छन् कोही के गरिरहेका छन्। यस्तो अवस्थामा। उहाँहरु अलि केयरफुल पनि होस भन्ने चाहन्छु।’

फाइनलको दिन त अझ मैदानबाहिर भीड नै लागेको थियो।

फाइनल खेल हेर्न दर्शक कीर्तिपुरस्थित मैदान पुगेका थिए। केवल खेल हेर्न शैलीमात्र फेरिएको थियो।

उनीहरु खेल हेर्न पहिले देखिनै रुखमा चढेर बसेका थिए। साथमा पानीको बोतल र हातमा चाउचाउको प्याकेटसमेत थियो। खेलमा नेपालले ब्याटिङ र बलिङमा सफलता पाउँदा दर्शक रमाइलो मान्दै हुटिङ गरिरहेका देखिए। (पहिलोपोस्टबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer