२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सडकमा मास्क वितरण गर्दै सामाजिक संघसंस्था


बिर्तामोड, बैशाख १६ । दोस्रो चरणको कोरोना भाइरस तीव्र गतिमा फैलिँदै गएपछि सामाजिक संघसंस्थाले धमाधम सचेतना कार्यक्रम सुरु गरेका छन् ।

झापाको मुख्य बजार बिर्तामोडमा मास्क वितरण सुरु गरिएको छ । विभिन्न संस्थाले पैदलयात्री तथा दुईपांग्रे सवारी चालकलाई निःशुल्क मास्क वितरण गर्दै बिनामास्क हिँडडुल नगर्न सचेत गराएका छन् ।

बिहीबार लायन्स क्लब अफ बिर्तामोडले मुक्तिचोक आसपासमा ३०० थान मास्क निःशुल्क वितरण गरेको क्लबका निवर्तमान अध्यक्ष जीवनकुमार खड्काले जानकारी दिए । ‘मास्कको अनिवार्य प्रयोग गरौँ, भीडभाडबाट बचौँ’, ‘साबुन पानीले नियमित हात धोऔँ, सेनिटाइजरको प्रयोग गरौँ’ लगायतका नारासहित लायन्सले मास्क वितरण गरेको हो ।

त्यस्तै, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले कोरोना महामारीको उच्च जोखिममा रहने ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री फेससिल्ड, मास्क, तथा सेनिटाइजर मेसिन प्रदान गरेको छ ।

एक कार्यक्रममा बीच झापा जिल्ला ट्राफिक प्रहरी प्रमुख निशेष चापागाईंलाई ती सामग्री हस्तान्तरण गरिएको अध्यक्ष प्रशान्त भण्डारीले जानकारी दिए । क्लबले रोट्र्याक क्लब अफ बिर्तामोड मिडटाउन, इन्नर ह्विल क्लब अफ बिर्तामोड मिडटाउन र बिर्तामोड सरसफाई अभियानको सहकार्यमा ‘खै तपाईंको मास्क‘ अभियान सञ्चालन गरेको छ ।

यसैबीच, कोरोना संक्रमितको संख्या बढ्न थालेपछि झापामा प्रशासनले सर्तकता अपनाउन सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, जिल्ला प्रहरी प्रमुख सानुराम भट्टराई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई लगायतले मास्क नलगाउने व्यापारी र सर्वसाधारणलाई मास्क लगाउन अग्रह गर्दै मास्क वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer