२०८१ बैशाख ४ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

रोटरी क्लब बिर्तामोड मिडटाउनद्वारा १ करोड २० लाखको डायलासिस मेसिन हस्तान्तरण


बिर्तामोड, बैशाख १७ । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले मनमोहन अस्पताललाई ७ थान डायलासिस मेसिन हस्तान्तरण गरेको छ ।

रोटरी इन्टरनेसनलको सहयोग तथा रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, मनमोहन अस्पताल र रोटरी क्लब गाजियावाद भारतको सहकार्यमा ७ थान डायलासिस हस्तान्तरण गरिएको क्लबका अध्यक्ष प्रशान्त भण्डारीले जानकारी दिए ।

क्लबको अगुवाईमा अस्पताललाई ७ थान डायलासिस मेसिन, डायलाइजर रि–प्रोसेसिङ मेसिन एउटा, वाटर प्युरिफायर सिस्टम र इलेक्ट्रिक बेड ७ थान मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताललाई प्रदान गरिएको हो ।
एक करोड २० लाख मूल्यबराबरको उक्त उपकारण प्रदान गरिएको बारे शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो ।

बढ्दो जनघनत्व र स्वास्थ्य सेवालाई मध्यनजर गर्दै विपन्न तथा सर्वसाधारणलाई सहज र सुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले क्लबले डायलासिससहित स्वास्थ्य उपकरण अस्पताललाई दिइएको संजोजक शुभ कुमाई पाठकले जानकारी दिइन् ।

अस्पतालले आवश्यक संरचना तथा व्यवस्थापन गरी सञ्चालन गर्नेगरी उपकरण दिइएको हो । डाइलोसिस गर्नबाट बञ्चित भएकाका लागि हाल नेपाल सरकारबाट तोकिएको २ हजार ५ सय रुपैयाँमा सेवा उपलब्ध गराउने अस्पतालका अध्यक्ष नरेश खरेलले बताए ।

नेपाल सरकारबाट इजाजत प्राप्त भइसकेपछि डायलासिस बापत लाग्ने शुल्क सरकारबाट लिएर निःशुल्क सेवा दिने उनको भनाइ थियो । उनले अस्पतालमा उपकरण सेटअफ भई परीक्षणका लागि डायलासिस सेवा सुरु भइसकेको बताए ।

पत्रकार सम्मेलनमा क्लबका पूर्वअध्यक्ष शिवकुमार अग्रवाल, सन्तोष अग्रवाल, अस्पतालका कोषाध्यक्ष ज्ञानुराम प्रसाईं, अस्पतालका व्यवस्थापन समितिका सचिव रोमणि भट्टराईलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer