२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापासहित २२ जिल्लामा संक्रमण फैलने दर डरलाग्दो: स्वास्थ्य मन्त्रालय


बिर्तामोड, बैशाख १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झापासहित २२ जिल्लामा पछिल्लो समय कोरोना संक्रमण डरलाग्दो गरी फैलिएको बताएको छ ।

झापामा दैनिक ५० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिँदै आएको छ । यो क्रम दिनानुदिन बढ्दो छ । कोभिड–१९ को संक्रमण नेपालमा हाल निकै नै उच्च गतिमा फैलिरहेको अवस्था रहेको मन्त्रालयले बताएको छ ।

आइतबार झापामा १८ जना संक्रमित थिए भने एक जना महिलाको मृत्यु समेत भएको थियो । सोमबार जिल्लामा १४ महिलासहित ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । मंगलबार जिल्लामा १० महिलासहित २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार झापामा २३ महिलासहित ५० जना कोरोना संक्रमित थिए भने १ जना पुरुषको मृत्यु भएको थियो । झापामा सबैभन्दा बढी बिर्तामोडमा संक्रमण फैलिरहेको छ । त्यसपछि दमक, मेचीनगर, भद्रपुर छन् ।

झापामा संक्रमितको संख्या ४ हजार ९४५, डिस्चार्ज ४ हजार ५२७, आइसोलेसनमा २८५ जना, कुल संक्रमित एन्टिजेन ४५ जना र मृत्यु हुनेको संख्या १३३ जना पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

कोभिड १९ संक्रमणका हिसाबले नेपालका अति प्रभावित २२ जिल्लाहरू मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु सुर्खेत, कैलाली, कञ्चनपुरमा संक्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने भइसकेको हुँदा सबैलाई समवेदनशील हुन हार्दिक अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer