२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

काठमाडौँबाट आसियु खोज्दै फेरि बिएन्डसी आए कोरोना संक्रमित


बिर्तामोड, बैशाख २० । पहिलो कोरोना संक्रमित उपचारका लागि बिएन्डसी आएको पाँचौँ दिन आज सोमबार फेरि अर्का संक्रमितलाई बिर्तामोड ल्याइएको छ ।

काठमाडौँका अस्पतालमा बेड तथा भेन्टिलेटर अभाव हुन थालपछि संक्रमित उपचारका लागि झापाको बिएन्डसी आउन थालेका हुन् । अस्पतालप्रतिको विश्वासका कारण पनि बिएन्डसीमा भर्ना गरिएको बिरामीका परिवारले जनाएका छन् ।

आज दिउँसो १ बजे सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौँको मनमोहन मेडिकल कलेजबाट बेडसिफ्ट गरेर ३५ वर्षीय मदन पाठकलाई उपचारका लागि झापा ल्याइएको छ । पाँच दिनअघि काठमाडौँमा संक्रमित भएका नरप्रसाद उप्रेतीलार्ई पनि हेलिकोप्टरमार्फत उपचारका लागि बिएन्डसी हस्पिटलमा ल्याइएको थियो ।

पाठकलाई आइसियुमा राखेर उपचार सुरु गरिएको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए । उनले काठमाडौँमा जटिल अवस्थाका कोभिड संक्रमितहरु आइसियु र भेन्टिलेटर खोज्दै बेडसिफ्ट भएर आउने गरेको बताए ।

काठमाडौँका अस्पतालमा आइसियु र भ्यान्टिलेटर सुविधा उपलब्ध हुन नसकेपछि जटिल अवस्थाका संक्रमितलाई स्वास्थ्य मन्त्रालयको समन्वयमा सुविधा भएको अस्पताल खोजेर पठाउन सिफारिस गरिँदै आएको छ ।
स्वास्थ्य मन्त्रालयको रेकर्डमा आइसियु र भेन्टिलेटर शैय्या उपलब्ध रहेको देखिएकाले बिरामीलाई झापाको बिएन्डसी हस्पिटल पठाउने गरिएको बताइएको छ ।

निजी क्षेत्रबाट सञ्चालित बिएन्डसी हस्पिटलमा हाल कोभिडको उपचारका लागि २५ बेडको छुट्टै आइसोलेसन वार्ड सञ्चालनमा रहेको गिरीले जानकारी दिए ।

क्रिटिकल रोग विशेषज्ञ डा. राजु श्रेष्ठका अनुसार बिएन्डसीमा कोभिड उपचारका लागि ३०० बेडको व्यवस्था मिलाइएको छ । ५० वडा बेड आसियु र भेन्टिलेटरसहितका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer