२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

नेपाल एसोसिएट राष्ट्रहरुमा शीर्ष स्थानमा


बिर्तामोड, बैशाख २१ । नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियतामा एसोसिएट राष्ट्रहरुमा शीर्ष स्थानमा पुगेको छ । अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसिसी) ले सोमबार प्रकाशित गरेको ट्वान्टी–२० अन्तर्राष्ट्रिय विश्व वरियतामा नेपाल एक स्थानमाथि उक्लेर १३ औँ स्थानमा आएको छ ।

नेपालभन्दा माथि टेस्ट खेल्ने १२ राष्ट्र छन् । नेपाल स्कटल्यान्डलाई उछिन्दै एक स्थान माथि आएको हो । यो नै नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियतामा उत्कृष्ट वरियता भने होइन । नेपाल यसअघि ११ औँ स्थानसम्म पुगेको थियो ।

अघिल्लो साता नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिदेवसीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता जितेपछि नेपालको वरियता १५ बाट १३ औँ स्थानमा आएको हो । प्रतियोगितामा नेपालले ५ मध्येको ४ खेल जितेको थियो । नेदरल्यान्ड्स १७ औँ स्थानमा यथावत छ ।

इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, अफगानिस्तान, श्रीलंका, बंगलादेश, वेस्ट इन्डिज, जिम्बावे र आयरल्यान्ड क्रमशः पहिलोदेखि १२औँ स्थानमा छन् । यी सबै टेस्ट खेल्ने राष्ट्र हुन् ।

त्यसपछि वरियतामा नेपाल रहेको छ । स्कटल्यान्ड, युएई र पपुवा न्यु गिनी क्रमशः १४ औँ देखि १६ औँ स्थानमा छन् ।

एक दिवसीय अन्तर्राष्ट्रियमा नेपाल एक स्थानमाथि उक्लदै १६ औँ स्थानमा आइपुगेको छ । नेपालभन्दा माथि एसोसिएट राष्ट्रहरुमा नेदरल्यान्ड्स, ओमान र स्कटल्यान्ड मात्र रहेका छन् । यद्यपि, नेपालले २०२० को फेब्रुअरीयता कोभिड १९ का कारण कुनै एक दिवसीय अन्तर्राष्ट्रिय खेलेको छैन ।

न्युजिल्यान्ड एक दिवसीय अन्तर्राष्ट्रियमा नयाँ नम्बर एक टोली बनेको छ । पछिल्लो पटक न्युजिल्यान्ड तेस्रो नम्बरमा थियो । नम्बर एक स्थानमा रहेको इंग्ल्यान्ड चौथो स्थानमा खसेको छ । वरियतामा अस्ट्रेलिया दोस्रो र भारत तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer