२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

गैरनेपालीलाई नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष कार्की धरौटीमा छुटे


बिर्तामोड, बैशाख २१ । गैरनेपाली नागरिकलाई झुठो विवरण पेस गरी नेपाली नागरिकता बनाइदिन सिफारिस गरिदिएका बिर्तामाड ८ का तत्कालीन वडा अध्यक्ष अजय कार्की धरौटीमा छुटेका छन् ।

झापा जिल्ला अदालतको माग बमोजिम ९ लाख रुपैयाँ धरौटी राखेर कार्की आज मंगलबार छुटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय झापाको २०७६ भदौ ८ गतेको चलानी नम्बर ८३२ नम्बरको जाहेरी पत्रले ‘झुठा विवरण पेश गरी गैरनेपाली नागरिकलाई नेपाली नागरिकता बनाई दिए दिलाएको’ मुद्दापछि उनी फरार थिए ।

राप्रपाबाट वडा अध्यक्षमा निर्वाचित कार्कीले गैरनेपाली नागरिकहरुले नेपाली नागरिकता प्राप्तिका लागि पेस गरेको अनुसूची फाराममा हस्ताक्षर गरी सिफारिस गरेका थिए । त्यसविरुद्ध जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दरखास्त परेको थियो ।

त्यसपछि उनीविरुद्ध झापा जिल्ला अदालतमा मुद्धा दर्ता भई अदालतले वारेन्ट जारी गरेको थियो । वारेन्टपछि कार्की फरार थिए । उनी भारतको विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको प्रहरीले जनाएको छ ।

कार्कीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सोमबार अदालतमा पेस गरेको थियो । अदालतबाट नौ लाख रुपैयाँ धरौटी माग भएकोमा मागबमोजिमको धरौटी रकम राखेर कार्की तारेखमा छुटेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer