२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोना संक्रमितका लागि भेन्टिलेटर अभाव: अन्य जिल्लाबाट धमाधम बिएन्डसीमा


बिर्तामोड, बैशाख २४ । झापाको बिएन्डसी टिचिङ अस्पतालमा काठमाडौँ तथा अन्य जिल्लाबाट कोरोना संक्रमितहरु उपचारका लागि आउने क्रम बढ्दै गएको छ ।

आज शुक्रबार दिउँसो मात्र दाङ र वीरगञ्जबाट दुईजना संक्रमित थप उपचारका लागि बिएन्डसी आएका छन् । उनीहरुलाई ३० मिनेटको फरकमा सिम्रिक एअरको हेलिकप्टरमार्फत बिर्तामोडस्थित बिएन्डसीको हेलिप्याडमा अवतरण गराइएको थियो ।

अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीका अनुसार दाङकी ४५ वर्षीया पेमा योगी र वीरगञ्जका २९ वर्षीय हरि पौडेल बेड सिफ्ट गर्दै बिएन्डसी आएका हुन् । भेन्टिलटरसहितको बेड अभाव भएपछि अस्पतालले उनीहलाई थप सघन उपचारका लागि झापा पठाएको हो ।

१० दिनको बीचमा बिएन्डसीमा अन्यत्रबाट हेलिकाप्टरमार्फत चारजना संक्रमित आइसकका छन् । आजै साँझ थप एकजना आउने अस्पतालले जनाएको छ । अस्पतालप्रतिको विश्वासका कारण पनि बिएन्डसीमा भर्ना गरिएको बिरामीका परिवारले जनाएका छन् ।

यसअघि काठमाडौँको मनमोहन मेडिकल कलेजबाट बेडसिफ्ट गरेर ३५ वर्षीय मदन पाठक र शिवसताक्षीका ७५ वर्षीय नरप्रसाद उप्रेतीलार्ई पनि हेलिकोप्टरमार्फत उपचारका लागि बिएन्डसी हस्पिटलमा ल्याइएको थियो ।

गम्भीर अवस्थाका उप्रेतीको उपचारको क्रममा निधन भएको छ भने पाठकको स्वास्थ्यमा सुधार आइरहेको गिरीले बताए ।
उनले काठमाडौँमा जटिल अवस्थाका कोभिड संक्रमितहरु आइसियु र भेन्टिलेटर खोज्दै बेडसिफ्ट भएर आउने गरेको बताए ।

काठमाडौँका अस्पतालमा आइसियु र भ्यान्टिलेटर सुविधा उपलब्ध हुन नसकेपछि जटिल अवस्थाका संक्रमितलाई स्वास्थ्य मन्त्रालयको समन्वयमा सुविधा भएको अस्पताल खोजेर पठाउन सिफारिस गरिँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयको रेकर्डमा आइसियु र भेन्टिलेटर शैय्या उपलब्ध रहेको देखिएकाले बिरामीलाई झापाको बिएन्डसी हस्पिटल पठाउने गरिएको बताइएको छ ।

निजी क्षेत्रबाट सञ्चालित बिएन्डसी हस्पिटलमा हाल कोभिडको उपचारका लागि २५ बेड भेन्टिलेटरसहितका छन् । ६५ वडा बेड आसियु र भेन्टिलेटरसहितका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer