२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

लायन्स बिर्तामोड सिटी अध्यक्षमा रामेश्वर द्विवेदी


बिर्तामोड, बैशाख २५ । लायन्स क्लबहरुले वर्ष २०२१–२०२२ का लागि धमाधम नयाँ कार्यसमिति चयन सुरु गरेका छन् । त्यसैअन्तर्गत लायन्स क्लब अफ बिर्तामोड सिटीको अध्यक्षमा रामेश्वर द्विवेदी चयन भएका छन् ।

क्लबको प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः मनोज बानियाँ, दुर्गा थपलिया र उपेन्द्र बानियाँ चयन भएका छन् । त्यस्तै, सचिवमा अनन्तलाल महतो, सहसचिव अशोक चौधरी, उपसचिव सञ्जय चौधरी, कोषाध्यक्षमा चन्द्र कट्टेल, सहकोषाध्यक्ष प्रेम खड्का र उपकोषाध्यक्षमा वरुण चौधरी चयन भएका छन् ।

क्लबको जनसम्पर्क अधिकारीमा हिमाल खरेल, टेमरमा मनोज रौनियार र टेल ट्विस्टरमा दिपक साफी चयन भएका छन् । त्यस्तै, क्लब एडभाइजरमा त्रिलोक साह, टहलदास ओली, नरेश साह, पदम पुरी, राजकुमार गुप्ता, राजकुमार साह, एजाज अहमद र गंगा गौतम छन् ।

नीरज ओली चार्टर प्रेसिडेन्ड रहेको क्लबको कार्यकारिणी सदस्यहरुमा राजेश नेपाल, राजाबुल शेख, टंक पौडेल र कमल खत्री रहेका छन् । कार्यक्रम क्लबका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer