२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

लुकाएर राखिएको १३३ थान अक्सिजन सिलिन्डर संकलन


बिर्तामोड, बैशाख २६ । झापा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट खाली तथा भरीसहित १३३ वटा अक्सिजन सिलिन्डर संकलन गरेको छ ।

कोरोना संक्रमण बढेसँगै अक्सिजन अभाव हुन नदिन स्वास्थ्य संस्था बाहेकमा प्रयोग भइरहेको अक्सिजनका सिलिन्डर खोज्न झापामा प्रहरी परिचालन गरिएको हो । प्रहरीले सबैभन्दा धेरै इलाका प्रहरी कार्यालय अनारमनी क्षेत्रबाट ९०, धुलाबारी क्षेत्रबाट १९, दमक र काँकरभिट्टा क्षेत्रबाट १२–१२ ओटा सिलिन्डर संकलन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाका अनुसार कोरोना भाइरसका कारण संक्रमितको संख्या बढेसँगै अक्सिजन सिलिन्डरको माग बढिरहेकाले विभिन्न उद्योग, कलकारखाना तथा ग्यारेजमा रहेको अक्सिजनका सिलिन्डर प्रहरीले संकलन गरेको हो ।

संकलन गरिएका सिलिन्डरहरु दमकको मातृका ट्रेडर्स, बिर्तामोडको कपुरी ब्रदर्स लगायत सप्लायर्सहरुमा पुनः भर्नका लागि पठाइएको र कोभिडका बिरामी उपचार हुने अस्पतालहरुमा ती सिलिन्डर प्रयोग गरिने डिएसपी थापाले जानकारी दिए ।

अन्य स्वास्थ्य संस्थाहरुमा प्रयोग गर्नुपर्ने भए प्रमुख जिल्ला अधिकारीको अनुमति लिनु पर्ने उनको भनाइ छ । झापामा अझै केही अक्सिजन सिलिन्डर लुकाएर राखिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer