२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिएन्डसीमा कोरोना संक्रमितको दैनिक हवाइ बेड सिफ्ट


बिर्तामोड, बैशाख २८ । नेपालकै अत्याधुनिक उपकरण र सेवा भएको झापा बिर्तामोडको बिएन्डसी अस्पतालमा दैनिकजसो कोरोना संक्रमितको हवाइ बेड सिफ्ट हुन थालेको छ ।

देशका विभिन्न अस्पतालबाट आजसहित १० जना कोरोना संक्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका लागि झापाको बिएन्डसी अस्पताल भर्ना गरिएको छ ।

आज मंगलबार अल्टिचुड एयरको हेलिकप्टरले नेपालगञ्जका ६१ वर्षीय प्रेमकुमार सोनी र ओखलढुंगाका ५५ वर्षीय नरनाथ फुयाललाई बिएन्डसी ल्याइएको अस्पतालका जनसम्पर्क तथा सूचना प्रमुख प्रमिस गिरीले जानकारी दिए ।

बैशाख २७ गते पनि दुईजना संक्रमितलाई बिएन्डसी ल्याइएको थियो । भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियु) तथा अक्सिजनको अभाव भएपछि काठमाडौँका दुई र काभ्रपलाञ्चोकका एक संक्रमितलाई हवाइ बेड सिफ्ट गरी बिर्तामोड ल्याइएको हो ।

गिरीका अनुसार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पलतालमा उपचाररत् सोलखुम्बुका ५० वर्षीय सार्की शेर्पा, मनमोहन मेमोरियल अस्पतालबाट दोलखाका ५५ वर्षीय चन्द्रबहादुर लाखे र काभ्रेका ३६ वर्षीय सुशीला योगी हवाइ बेड सिफ्ट गरी उपचारार्थ बिएन्डसी भर्ना गरिएको छ ।

यसअघि काठमाडौँसहित दाङ, वीरगञ्जलगायतका ठाउँबाट ल्याइएका जटिल अवस्थाका संक्रमितको बिएन्डसीका उपचार भइरहेको छ । उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष स्वास्थ्यकर्मी तथा अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड अनुसारका प्रयोगशाला भएकाले सो अस्पताल अब्बल दाबी गरिएको छ ।

अस्पतालमा कोरोनाका जटिल बिरामीलाई थप उपचार गर्न अत्याधुनिक भेन्टिलेटरसहित आइसियु शैय्या अलग्गै छ ।
अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आइतबारदेखि २०० शैय्या सञ्चालनमा ल्याएको छ । अस्पतालमा हालसम्म अक्सिजनको अभाव नरहेको गिरीले बताए ।

६५ भेन्टिलेटरसहित सघन उपाचार कक्ष (आइसियु) मध्ये गम्भीर संक्रमितका लागि ५० बेड छुट्याइएको छ । ६० चिकित्सकसहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेका पनि अस्पतालले जनाएको छ ।

विशेषगरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजु श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करुण पोखरेल तथा अर्थोका इन्साक खान लगायतले सेवा प्रदान गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer