२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

लायन्स बिर्तामोड सिटीद्वारा सफाइ सामग्री प्रदान


बिर्तामोड, बैशाख २९ । सामाजिक गतिविधिमा अग्रसर रहेको लायन्स क्लब अफ बिर्तामोड सिटीले बुधबार बिर्तामोडको एक आइसुलेसन सेन्टरलाई सहयोग गरेको छ ।

बिर्तामोड नगरपालिकाले स्थापना गरेको ५० शैय्याको आइसुलेसन सेन्टरलाई क्लबले ५० थान डुअरमेटका साथै सरसफाइका सामग्रीहरु वितरण गरेको हो । आइसुलेसन सेन्टर मेची आँखा अस्पताल परिसर बिर्ताबजारमा रहेको छ ।

इलेक्टेड प्रेसिडेन्ट रामेश्वर द्विवेदीले बिर्तामोड प्राथमिक उपचार केन्द्रका कृष्ण काफ्लेलाई ती सामग्री प्रदान गरेका थिए । क्लबले यसअघि मास्क तथा सेनिटाइजरसमेत वितरण गरेको थियो ।

क्लबका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जोन चियर पर्सन जीवन खड्का, चार्टर प्रेसिडेन्ट नीरज ओली, सचिव उपेन्द्र बानियाँ, कोषाध्यक्ष अनन्तलाल महतो लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer