२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एक व्यक्ति एक सिलिन्डर: किंग्सटन इन्स्टिच्युटद्वारा १० थान सिलिन्डर सहयोग


बिर्तामोड, जेठ १ । अस्ट्रेलियाको किंग्सटन इन्स्टिच्युटले ‘एक व्यक्ति एक सिलिन्डर’ अभियानअन्तर्गत १० थान सिलिन्डरबापतको नगद सहयोगको प्रतिबद्धता जनाएको छ ।

अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले एक सिलिन्डरबापत १५ हजार रुपैयाँ सहयोगको आह्वान गरेपछि इन्स्टिच्युटका सञ्चालक दिपक खनालले आज शनिबार सहयोगको प्रतिबद्धता जनाएका हुन् ।

अभियानले यसअघि स्थापना गरेको पिसिआर प्रयोगशालाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रदान गरेको २५ लाख रुपैयाँ संकलन समितिका खनाल संयोजक थिए । उनकै अगुवाई संसारभर रहेका झापालीले २५ लाख जुटाउन सहयोग गरेका थिए ।

झापा बिर्तामोड निवासी खनाल झापाली समाज अस्ट्रेलियाका पूर्वअध्यक्ष तथा अन्तर्राष्ट्रिय झापाली समाजका वरिष्ठ उपाध्यक्ष हुन् । उनले यसअघि पनि सामाजिक कार्यका लागि लाखौँ रुपैयाँ सहयोग गरिसकेका छन् ।

झापामा पनि अक्सिजन अभाव हुने संकेत हुँदै गएपछि कोरोना संक्रमितको उपचारमा सहयोग गर्न अभियानले अक्सिजन बैंक स्थापना गर्न लागेको हो । अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीका अनुसार तत्कालाई पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डरको खरिद प्रक्रिया अघि बढाइएको छ ।

अभियानसँग हाल २० लाख रुपैयाँ बचत रहेको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । ४०० थान सिलिन्डरका लागि लागभग ६० लाख रुपैयाँ लाग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer