२०७८ असार ९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

काठमाडौँ बन्यो नेपाल सुपर लिग च्याम्पियन


बिर्तामोड, जेठ १ । काठमाडौँ रेजर्स पहिलो फ्रेन्चाइज फुटबल लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनको च्याम्पियन बनेको छ । काठमाडौँले धनगढीलाई १–० ले हराउँदै च्याम्पियन बनेको हो ।

काठमाडौँ धनगढस्सँग लिग चरणमा ३–० ले तथा तथा प्ले अफमा अतिरिक्त समयमा २–१ ले पराजित भएको थियो । धनगढीले जितको लयलाई निरन्तरता दिन नसक्दा उपाधिबाट वञ्चित बन्यो ।

लिग चरण र प्ले अफमा भोगेको हारको बदला लिँदै काठमाडौँले उपाधिसँगै नगद ३५ लाख रुपैयाँ प्राप्त गर्यो । उसलाई च्याम्पियन बनाउन पहिलो हाफमा विदेशी खेलाडी मेसौके ओलुमोउले गरेको गोल नै निर्णयक बन्यो । उनले खेलको २१औँ मिनेटमा गोल गरेका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा काठमाडौँले पहिलो हाफमा १–० को अग्रता लिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो पोस्ट प्रहारमा काठमाडौँले गोल गर्दै अग्रता लिएको हो ।

विशाल राईबाट बल खोस्दै विश्वास श्रेष्ठले दिएको पासमा मेसौके ओलुमोउले २१औँ मिनेटमा उत्कृष्ट फिनिस गरेका हुन् । जारी लिगमा उनको यो आठौँ गोल हो । २१ मिनेटसम्मको पहिलो मुभमा नै काठमाडौँले गोल गर्न सफल भएको हो ।

काठमाडौँका राजन गुरुङ खेलको इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ र निभियाबाट आकर्षक उपहार प्राप्त गरे । काठमाडौँकै फ्लोरेन्ट कोरा प्लेयर अफदि म्याच घोषित भए । उनले २५ हजार रुपैयाँसहित ट्रफी हात पारे ।

उपाधिसँगै काठमाडौँले ३५ लाख रुपैयाँसहित शिल्ड हात पारेको छ । दोस्रो भएको धनगढीले १५ लाख रुपैयाँ प्राप्त ग¥यो । विजयी टोली तथा खेलाडीलाई एनएसएलका प्रमुख अश्रेयता कार्की चौधरी, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल, चौधरी ग्रुपका प्रमुख विनोद चौधरी, एनएसएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदिप शर्मा, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर र राखेप सदस्य हरि खड्का र सुवास श्रेष्ठ लगायतले पुरस्कृत गरे ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा ११ बैशाखबाट सुरु भएको एनएसएलमा ७ सहरका ७ टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिताका सर्वाधिक गोलकर्ता समेत रहेका मेसोके उत्कृष्ट मिडफिल्डर चुनिए । उत्कृष्ट डिफेन्डर धनगढीका दिनेश राजवंशी बन्दा धनगढीकै कप्तान किरण चेम्जोङ उत्कृष्ट गोलकिपर बने ।

त्यस्तै, काठमाडौँका प्रशिक्षक बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक बने । व्यक्तिगत विधामा उत्कृष्ट बनेका सबैले १÷१ लाख प्राप्त गरे भने इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट बनेका विश्वास श्रेष्ठले ५० हजार हात पारे । प्रतियोगिताको फेयर प्ले अवार्ड बुटवल लुम्बिनी एफसीले जित्यो ।

राउन्ड रोबिन लिगपछि शीर्ष चार टोलीले प्ले अफ खेल्दै फाइनलसम्म स्थान बनाएका थिए । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौँ रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*