२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

विराट अर्जुनको कोभिड लक्षित कार्यक्रम


बिर्तामोड, जेठ ३ । कोभिड–१९ को दोस्रो लहरले मानिस आक्रान्त बनिरहेका बेला बिर्तामोडको एक सहकारीले आफ्ना सेयर सदस्यका लागि राहत कार्यक्रम ल्याएको छ ।

विराट अर्जुन उपभोक्ता सहकारी संस्थाले कोरोना संक्रमित सेयर सदस्यका लागि विभिन्न राहत कार्यक्रम ल्याएको हो । संस्थाका अध्यक्ष नवीन खरेलका अनुसार त्यसका लागि सहकारीले एक लाख ५० हजार रुपैयाँ छुट्याएको छ ।

संस्थाले कोरोना संक्रमितलाई अस्पतालसम्म पुर्याउने, स्वास्थ्य सामग्री उपलब्ध गराउनेदेखि पोसिलो खानेकुरा व्यवस्थापन गर्ने अध्यक्ष खरेलले जानकारी दिए ।

त्यस्तै, संक्रमितका लागि अक्सिजन तथा रगत जुटाउने र यातायातको व्यवस्था पनि सहकारीले गर्ने जनाइएको छ । अध्यक्ष खरेलको संयोजकत्वमा अन्य सदस्य रहेको समिति बनाएर कोभिडको बेला कार्यक्रम सार्वजनिक गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer