२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

हङकङमा रहेका बिर्तामोडबासीद्वारा अक्सिजन बैंकका लागि डेढ लाख सहयोग


बिर्तामोड, जेठ ४ । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानअन्तर्गत हङकङमा रहेका झापालीहरुले एक लाख ५० हजार रुपैयाँ प्रदान गरेका छन् ।

बिर्तामोड स्थायी घर भई हाल हङकङमा रहेका उनीहरुरले नवोदय माविमा संस्थापक धर्मराज माझीमार्फत सो रकम पठाएका हुन् । उनीहरुले १० थान अक्सिजन सिलिन्डरबापतको रकम हस्तान्तरण गरेका हुन् ।
माझीले एक कार्यक्रमबीच अभियानका सहसंयोजक विनोद बस्नेतलाई सो रकम प्रदान गरेका छन् । हङकङमा रहेका बिर्तामोडका मनोज देवान, रमेश प्रसाईं, योगेन राई, यामकुमारी गुरुङ, दिनेश राई, नर्वदा राई, कृष्ण राई, फिरोज राई र सुरुङ्गाका वृषिका राईले सो रकम उपलब्ध गराएका हुन् ।

झापामा पनि अक्सिजन सिलिन्डर अभाव हुने संकेत हुँदै गएपछि कोरोना संक्रमितको उपचारमा सहयोग गर्न अभियानले अक्सिजन बैंक स्थापना गरेको हो । अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीका अनुसार तत्कालाई पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डरको खरिद प्रक्रिया अघि बढाइएको छ ।

अभियानसँग हाल २० लाख रुपैयाँ बचत रहेको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । ४०० थान सिलिन्डरका लागि लागभग ६० लाख रुपैयाँ लाग्ने बताइएको छ ।

अभियानले चीनबाट सिलिन्डर ल्याउन प्रक्रिया अघि बढाएको हो । ४८ लिटर क्षमताका ती सिलिन्डर एअर कार्गोमार्फत काठमाडौँ हुँदै झापा ल्याइने संयोजक गिरीले बताए । ४०० थान सिलिन्डरका लागि ढुवानीसहित लागभग ६० लाख रुपैयाँ लाग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer