२०८१ असोज १३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

वीरता जेसिजद्वारा अक्सिजन बैंकका लागि ७५ हजार सहयोग


बिर्तामोड, जेठ ५ । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानअन्तर्गत वीरता जेसिजले ७५ हजार रुपैयाँ प्रदान गरेको छ ।

एक कार्यक्रमका बीच जेसिजका अध्यक्ष राजीव धिमाल नेतृत्वले सो रकम प्रदान गरेका हुन् । अभियानका सहसंयोजक विनोद बस्नेतलाई ७५ हजार रुपैयाँका चेक हस्तान्तरण गरिएको हो । जेसिजले ५ थान अक्सिजन सिलिन्डरबापतको रकम सहयोग गरेको हो ।

गत वर्ष पनि कोरोना महामारी एका लागि एक अभियनले अघि सारेको एक व्यक्ति एक परिवार खाद्यान्न वितरणदेखि कनकाईमा रहेको पिसिआर ल्याब स्थापन गर्न सहकार्य गरेर मानव सेवामा सक्रिय भएर वीरता जेसिज जुटेको थियो ।
कार्यक्रममा सदस्य जीवन खड्का, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, वसन्त इङनाम लगायतको सहभागिता रहेको थियो ।

संकटको घडीमा सहयोग गरेको भन्दै अभियानका सहसंयोजक बस्नेतले वीरता जेसिजको टिमलाई धन्यवाद दिँदै आम झापाबासी समुदाय र संघसंस्थाहरुलाई अभियानमा जोडिन अपिल गरेका छन् ।

झापामा पनि अक्सिजन सिलिन्डर अभाव हुने संकेत हुँदै गएपछि कोरोना संक्रमितको उपचारमा सहयोग गर्न अभियानले अक्सिजन बैंक स्थापना गरेको हो । अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीका अनुसार तत्कालाई पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डरको खरिद प्रक्रिया अघि बढाइएको छ ।

अभियानले चीनबाट सिलिन्डर ल्याउन प्रक्रिया अघि बढाएको हो । ४८ लिटर क्षमताका ती सिलिन्डर एअर कार्गोमार्फत काठमाडौँ हुँदै झापा ल्याइने संयोजक गिरीले बताए । ४०० थान सिलिन्डरका लागि ढुवानीसहित लागभग ६० लाख रुपैयाँ लाग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer