२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

निःशुल्क खाना वितरण गर्दै मारवाडी युवा मञ्च


बिर्तामोड, जेठ ६ । मारवाडी युवा मञ्च बिर्तामोडले लक डाउनका कारण समस्यामा परेका मानिसलाई निःशुल्क खाना वितरण सुरु गरेको छ ।

विगत पाँच दिनदेखि मञ्चले खाना वितरण गर्दै आएको संयोजक पवन शर्माले जानकारी दिए । मञ्चले कोभिड संक्रमित, संक्रमितका कुरुवा तथा भोकै परेका सबै मानिसलाई आवश्यकता अनुसार खाना र पानी वितरण गर्दै आएको अध्यक्ष पंकज मित्तलले बताए ।

एक सयवटा तयारी खानाको प्याकेटबाट सुरु भएको खाना सेवा कार्यक्रम पाँचौँ दिनसम्म आइपुग्दा ३०० पुगेको सदस्य विशाल अग्रवालले जानकारी दिए । मञ्चले विशेषगरी बिर्तामोड आसपास र आवश्यक परे झापा जिल्लाभरि निःशुल्क खाना वितरण गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer