२०८२ बैशाख १० बुधबार
Jhapa Today
Adv top
Adv below_nav

छठ समाज बिर्तामोडद्वारा नगर अस्पताललाई पाँच थान भरी अक्सिजन सिलिन्डर प्रदान


बिर्तामोड, जेठ ६ । छठ समाज सेवा समिति बिर्तामोडले बिर्तामोड नगरपालिकाद्वारा स्थापना गरिएको नगर अस्पताललाई अक्सिजनसहित ५ थान सिलिन्डर उपलब्ध गराएको छ ।

समितिका अध्यक्ष राजकुमार गुप्ताले बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार सिवाकोटीलाई सहयोग अभियानअन्तर्गत अक्सिजन सहित ५ थान सिलिन्डर प्रदान गरेको बताए ।

समाजका निवर्तमान अध्यक्ष घनश्याम चौधरीले छठ समाज सेवा समितिले सामाजिक उत्तदायित्वलाई आत्मसात गर्दै सहयोग प्रदान गरिएको जानकारी दिए । नगरप्रमुख सिवाकोटीले ओक्सिजन सिलिन्डर प्रदान गर्ने संघसंस्थाको तर्फबाट पहिलो संस्था छठ समितिलाई धन्यवाद व्यक्त गरे ।

अक्सिजन सिलिन्डर हस्तान्तरण कार्यक्रममा नगर प्रवक्ता अग्निप्रसाद पाण्डे, कोभिड फोकलपर्सन ओम खड्का, पूर्वअध्यक्ष देवेन्द्रकुमार सिंह, छठ महिला अध्यक्ष हेमलता चौधरी, वरिष्ठ उपाध्यक्ष रामेश्वर द्विवेदी, उपाध्यक्ष राजकुरमार शाह, लेखा संयोजक सञ्जय शर्मा, सल्लाहकारहरु मनोज चौधरी, जनाधन शाह, कोषाध्यक्ष सञ्जय चौधरी, सदस्यहरु अशोक चौधरी, वरुण चौधरी, अनन्तलाल महतो, रामेश्वर मण्डलको उपस्थित रहेको थियो ।

समितिले यसअघि एकका लागि एक अभियानले सुरु गरेको एक व्यक्ति एक सिलिन्डर अभियानअन्तर्गत पनि पाँच थान अक्सिजन सिलिन्डरबापतको ७५ हजार रुपैयाँ प्रदान गरेको थियो ।

Adv footer