२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

झापा आइपुग्यो अभियानको अक्सिजन सिलिन्डर


बिर्तामोड, जेठ ६ । एकका लागि एक अभियानले चीनबाट ल्याउने भनेको ५ सय थान अक्सिजन सिलिन्डरमध्ये पहिलो चरणमा १२० थान सिलिन्डर झापा आइपुगेको छ ।

आज दिउँसो काठमाडौँ हुँदै १२० थान सिलिन्डर झापा आइपुगेको हो । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न अभियानले ‘एक व्यक्ति एक सिलिन्डर’ अभियान सुरु गरको थियो । त्यसका लागि एक व्यक्तिले एउटा सिलिन्डरबापत १५ हजार रुपैयाँ सहयोग गरेका थिए ।

१२० थान सिलिन्डरमध्ये २० थान सिलिन्डर सहयागी हात झापामार्फत अभियानलाई बुझाइएको नवीन गट्टानीले बताए । अब थप चार सय थान सिलिन्डर चीनबाट झापा ल्याइनेछ ।

झापामा पनि अक्सिजन सिलिन्डर अभाव हुने संकेत हुँदै गएपछि कोरोना संक्रमितको उपचारमा सहयोग गर्न अभियानले अक्सिजन बैंक स्थापना गरेको हो । बैंकका लागि सहारा नेपालले एक सय थान र अन्तर्राष्ट्रिय झापाली समाजले एक सय थान सिलिन्डरबापतको रकम अभियानलाई सहयोग गरेका छन् ।

व्यक्तिगत र संस्थागत रुपमा देश तथा विदेशबाट हालसम्म ३५० वटाभन्दा बढी सिलिन्डरका लागि रकम संकलन भइसकेको छ । अभियानलाई सहयोग गर्ने क्रम जारी रहेको छ ।

अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीका अनुसार तत्कालाई पहिलो चरणमा पाँच सय थान अक्सिजन सिलिन्डरको खरिद प्रक्रिया अघि बढाइएको थियो ।

अभियानले चीनबाट सिलिन्डर ल्याउन प्रक्रिया अघि बढाएको थियो । ४८ लिटर क्षमताका ती सिलिन्डर सडक मार्गबाट कार्गोमार्फत काठमाडौँ हुँदै झापा ल्याइएको हो ।

पहिलो चरणमा आएको अक्सिजन सिलिन्डर जिल्ला प्रशासन कार्यालय झापामार्फत आवश्यकता अनुसार अस्पतालहरुलाई दिइने गिरीले बताए । त्यस्तै, अस्पतालपछि होम आइसुलेसनमा बसेका अक्सिजन आवश्यक परेका कोरोना संक्रमितलाई पनि प्राथमिकताका आधारमा सिलिन्डर दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer