२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सशस्त्र प्रहरी बललाई व्यवसायीको स्वास्थ्य सामग्री सहयोग


बिर्तामोड, जेठ १० । सशस्त्र प्रहरी बलले गरेको कार्यको उच्च प्रशंसा गर्दै शिखर बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका सञ्चालक र शेयर सदस्य केही व्यवसायीले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

संस्थाका अध्यक्ष दिपेन्द्र राउत, लेखा समिति संयोजक अर्जुन चापागाईं, सञ्चालक सदस्य किरण पौडेल, सदस्यहरु हरि ओझा, आनन्द डालमिया, नरेश श्रेष्ठ, राजु मित्तल, इम्तियाज शेख, विपिन नेपाल, महेश पौडेल लगायतले ५ हजार थान मास्क र ७२० थान लिरिल साबुन सहयोग गरेका हुन् ।

करिब ४० हजार मूल्य बराबरको स्वास्थ्य सामग्री सशस्त्र प्रहरी बल नम्बर २ गण भद्रपुरलाई सहयोग गरेकोमा एसपी रमेशकुमार पाण्डेले धन्यवाद व्यक्त गरे । झापामा करिब एक हजार सशस्त्र प्रहरी जिल्लामा कार्यरत रहँदा हरेक दिनजसो स्वास्थ्य सामग्री आवश्यक हुने गरेको डिएसपी प्रेम प्रसाईंले बताए ।

व्यापार व्यवसाय बन्द हुँदा र व्यवसायप् आफैँ आर्थिक भारमा हुने यो बेलामा सामाजिक उत्तरदायित्व सम्झेर सशस्त्र प्रहरी बललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको अध्यक्ष राउतले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष राउत, अर्जुन चापागाईं, किरण पौडेल र उमेश राउतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer