२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एसइइ: यो वर्ष पनि आन्तरिक मूल्यांकनबाटै


बिर्तामोड, जेठ १८ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) पनि आन्तरिक मूल्यांकनबाट हुने भएको छ । हिजो सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले पोहोरजस्तै यसपालि पनि परीक्षा आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको हो ।

यो निर्णयअनुसार विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाइले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ ।

विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ । यसअघि शिक्षा मन्त्रालयको बैठकले गएको वर्ष जस्तै आन्तरिक मूल्यांकन विधिअनुसार एसइइ सम्पन्न गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।

गएको वर्ष विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र तेस्रो त्रैमासिक अवधिको ६० प्रतिशत अंकका आधारमा मूल्यांकन गरेको थियो ।

मूल्यांकन समितिले राष्ट्रिय परीक्षा बोर्डले तोकेअनुरुप विद्यार्थीको प्राप्तांक शिक्षा विकास तथा समन्वय इकाइमा बुझाएपछि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइहरुले विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाइ बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।

यस वर्ष पनि कोरोना महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकिने अवस्था भएपछि सरकारले गएको वर्षकै विधि अपनाउने निर्णय गरेको हो । (उज्यालोबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer