२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एक दिवसीय विश्वकपमा १४ र टि–२० विश्वकपमा २० टिम हुने


बिर्तामोड, जेठ १९ । सन् २०२४ देखि २०३१ सम्मको साइकलमा आइसिसी क्रिकेट विश्वकपमा टिम संख्या बढ्ने भएको छ । अब एक दिवसीय विश्वकपमा १४ र टि २० विश्वकपमा २० टिम सहभागी हुनेछ ।

आगामी साइकल अन्तर्गत सन् २०२७ र २०३१ को एक दिवसीय विश्वकप क्रिकेटमा १४ टिमले प्रतिस्पर्धा गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले एक दिवसीय विश्वकपमा सहभागी संख्या बढाउने निर्णय गरेको हो ।
पछिल्लो समय प्रतिस्पर्धात्मक बनाउन विश्वकपमा १० टिमलाई मात्र सहभागी गराइएको थियो । सन् २०२३ मा हुने एक दिवसीय विश्वकपमा पनि १० टिमले मात्र खेल्ने तय छ ।

त्यस्तै, २०२४ देखि टि २० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । आइसिसीले सन् २०२४, २०२६, २०२८ र २०३० को टि २० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ । ८ टिम सहभागी हुने च्याम्पियन्स ट्रफी २०२५ र २०२९ मा हुनेछ ।

महिला विश्वकपमा यसअघि नै टिम संख्या बढाउने आइसिसीले निर्णय गरिसकेको छ । एक दिवसीय विश्वकपमा १४ टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूहको शीर्ष तीन टिम सुपर सिक्सका लागि छनोट हुनेछन् ।

त्यस्तै, टि २० विश्वकपमा ५–५ टिमको चार समूह हुनेछ । चार समूहको शीर्ष दुई टिम सुपर एटमा प्रवेश गर्ने आइसिसीले जनाएको छ । त्यसपछि नकआउटमा स्टेजमा खेल हुनेछ । विश्वकपमा टिम संख्या बढ्ने भएपछि नेपाल लगायत एसोसिएट राष्ट्रलाई समेत फाइदा पुग्नेछ ।
नेपालले सन् २०१४ मा पहिलो पटक टि २० विश्वकप खेलेको थियो । तर, त्यसयता टि २० विश्वकपमा छनोट हुन सकेको छैन । एक दिवसीय विश्वकपमा भने नेपाल छनोट हुन सकेको छैन ।

सन् २०२२ को टि २० विश्वकपका लागि नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट भइसकेको छ । २०२३ को एक दिसवीय विश्वकपमा लागि भने नेपालले क्रिकेट विश्वकप लिग २ को सिरिज खेल्दैछ । तर, कोरोना महामारीका कारण नेपालले खेल्ने सिरिजहरु स्थगित भएको छ । (अनलाइनखबरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer