२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

वीरता जेसिजद्वारा बृक्षारोपण


बिर्तामोड, जेठ २२ । विश्व वातावरण दिवसको अवसर पारेर वीरता जेसिजले बृक्षारोपण गरेको छ ।

अर्जुनधारा ११ स्थित बुट्टाबारीमा रहेको जेसिज वनमा संस्थाका सदस्यहरुले बृक्षारोपण गरेका हुन् ।

वीरता जेसजिका वातावरण संयोजक प्रज्ज्वल बिमलीको संयोजकत्वमा भएको कार्यक्रममा विभिन्न प्रजातिका ५० वटा बिरुवा रोपिएको हो ।

‘प्राकृतिक प्रणालीको पुनःस्थापना’ नाराका साथ जेसिजले बृक्षारोपण गरेको महासचिव लोकचन्द्र श्रेष्ठले जानकारी दिए ।
जेसिजले सन् २०१२ बाट सो क्षेत्रमा बर्सेनि बृक्षारोपण गर्दै वातावरण दिवसका दिन निरन्तर बिरुवा रोप्दै आएको छ ।

शनिबारको बृक्षारोपण कार्यक्रममा अन्तर शाखा संयोजक जीवनकुमार खड्का, कर्यक्रम व्यवस्थापन संयोजक दिवाकरलाल चौधरी, जनसम्पर्क अधिकारी अनन्तलाल महतो, सदस्य राज मुखियालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer