२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सिवानी बनिन् कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने पहिलो महिला


बिर्तामोड, जेठ २६ । नेपाल स्काउट रेन्जर लिडर र स्काउट मास्टर रहेकी झापा भद्रपुरकी सिवानी देवान कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको शव व्यवस्थापन गर्ने पहिलो महिला बनेकी छिन् ।

महिलाहरुले केही गर्न सक्दैनन् भनेर खिसी गर्नेहरुलाई सिवानीले आफ्नो कामबाट जवाफ दिएकी छन् । इच्छा हुँदा बाटाहरू हुन्छन् भन्दा पनि इच्छा र सहास भए बाटो आफैँ बनाउन सकिन्छ भन्ने सिवानीको कदमबाट छर्लङ्ग हुन्छ ।

सेवा र दायित्वलाई स्पष्ट बुझेकी सिवानीलाई समाज र मृत्युको त्रासले अलिकति पनि डगमगाउन सकेन । नेपाली सेनाको टोलीले मात्रै संक्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यले स्काउटरहरुलाई तालिम दिइएको थियो । उनी नेपाल स्काउट प्रदेश १ स्थानिय समिति, मेचिनगर सदस्य पनि हुन् ।

देवान कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको शव व्यवस्थापन गर्ने पहिलो महिला बनेको नेपाल स्काउटले आफ्नो फेसबुक पेजमार्फत जनाएको छ ।

सिवानीले आफ्नो नेतृत्वमा झापामा युआइसी नामक स्काउट दल सञ्चालन गर्दै आएकी छन् । युआइसीले विभिन्न सामाजिक कार्यहरुमा निःस्वार्थ भावनाका साथ सेवा दिँदै आएको छ ।

युआइसीले मेचीनगरमा एसएमएस कार्यक्रमअन्तर्गत यात्रीहरुलाई मास्क, सेनिटाइजर वितरण गर्दै आएको छ । त्यस्तै, निषेधाज्ञा हुनुअगाडि गाउँ तथा हाट बजारमा पुगेर कोरोना भाइरसबारे सचेतना कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer