२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

फुटबलका मुख्य प्रशिक्षक अल मुताइरीद्वारा राजीनामा घोषणा


बिर्तामोड, साउन १० । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल मुताइरीले राजीनामा घोषणा गरेका छन् ।

आइतबार १२ः२२ बजे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले राजीनामाको घोषणा गरेका छन् । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले विगत तीन सातादेखि आफूमाथि नाटक गरेको भन्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।

‘मलाई आशाा छ अब तपाईं खुसी हुनु भयो होला’, अल मुलाइरीले नेम्वाङलाई मेन्सन गरेर लेखेका छन् । राजीनामाबारे बुझ्न नेम्वाङसँग सम्पर्क गर्दा कुरा हुन सकेन ।

कुवेती नागरिक अल मुताइरीलाई गत चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

उनको खर्च कतार फुटबल एसोसिएसनले व्यहोर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer