२०८२ असार १९ बिहीबार
Jhapa Today
Adv top

लायन्सको एडभाइजरी कमिटी मिटिङ सम्पन्न


बिर्तामोड, साउन १० । लायन्स क्लब इन्टरनेसनल ३२५ ए१ अन्तर्गत इम्प्याक्ट एरिया १ र रिजन १ मातहत डिजीको पहिलो एडभाइजरी कमिटी मिटिङ बिर्तामोडमा सम्पन्न भएको छ ।

शनिबार आँगन पार्टी प्यालेसमा भएको कार्यक्रममा जोन चियर पर्सन जीवनकुमार खड्काले संयोजन गरेका थिए । कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै उनले नै सहजीकरण गरेका थिए ।

कार्यक्रममा खड्काको मातहतमा रहेका चारवटा क्लबले भावी योजना तथा कार्यक्रम र अहिलेसम्म गरेका कार्यक्रमबारे उनीसमक्ष रिपोर्टिङ गरेका थिए । खड्काको मातहतमा रहेका क्लबहरु बिर्तामोड, अनारमनी, बिर्तामोड सिटी र फिदिमका अध्यक्ष–सचिवले प्रगति प्रतिवेदन पेस गरेका थिए ।

बिर्तामोडका तर्फबाट अध्यक्ष पुष्कर निरौला, अनारमनीका तर्फबाट राजेश दाहाल, बिर्तामोडका तर्फबाट सचिव अनन्तलाल महतो र फिदिमले इमेलमार्फत खड्कालाई कार्यप्रगति र योजना बुझाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि इम्पेक्ट एरिया चिफ सत्यनारायण शर्मा, एडिसनल क्याबिनेट सेक्रेटरी नीरजकुमार ओली, डिपुटी क्याबिनेट ट्रेजरर गौरीशंकर गुप्ता (टिन्कु), रिजन चेयरपर्सन शैलेन्द्र कुरुङबाङले शुभकामना व्यक्त गरेका थिए भने बिर्तामोडका सचिव कुशल खतिवडाले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको होस्ट लायन्स क्लब अफ बिर्तामोडले गरेको थियो भने कोहोस्टको रुपमा बिर्तामोड सिटी रहेको थियो ।

Adv footer