२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

नेपालले सुधार्यो टि–ट्वान्टी वरीयता


बिर्तामोड, साउन ११ । नेपालले टि–ट्वान्टी वरीयतामा एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीका अनुसार नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।

यसअघि १३ औँ स्थानमा रहेको नेपाल नयाँ वरीयतामा १२ औँ स्थानमा रहेको छ । नयाँ वरीयतामा नेपाल टेस्ट राष्ट्र आयरल्यान्डभन्दा अघि रहेको छ । नेपालको टि–ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औँ स्थान हो ।

टि–ट्वान्टीको नयाँ वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्यान्ड रहेका छन् । चौथो पाकिस्तान र पाँचौँ अस्ट्रेलिया रहेको छ । नेपाल एक दिवसीय वरीयतामा भने १६ औँ स्थानमै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer