बिर्तामोड, साउन १३ । विराट अर्जुन उपभोक्ता सहकारी संस्थाले आफ्नो १२ औँ स्थापना दिवस अनाथालयमा सहयोग गरेर मनाएको छ ।
संस्थाले आज अर्जुनधारा ६ मा रहेको बाल अपाङ्ग शिक्षा केन्द्रलाई खाद्यान्न तथा शैक्षिक सामग्री प्रदान गरेको अध्यक्ष नवीन खरेलले जानकारी दिए ।
नगर खेलकुद विकास समिति अध्यक्ष अर्जुन मेचेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा केन्द्रलाई खाद्यान्न सामग्रीलगायत त्यहाँ आश्रित बालबालिकाहरुलाई कपि पेन्सिल, डट्पेन साथै मास्क र सेनिटाइजर प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष खरेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका सञ्चालक कृष्ण दुलालले सहकारीलाई धन्यवाद दिएका थिए ।
सचिव डिल्ली प्रसाईंले सञ्चालन गरेको कार्यक्रममा सञ्चालक समिति सदस्यहरु, लेखा समिति लगायत कर्मचारीको उपस्थिति रहेको थियो ।