२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

जन्मदिनको खुसियालीमा गौशालालाई सहयोग


बिर्तामोड, साउन १३ । लायन्स क्लब अफ बिर्तामोड सिटीको संयोजनमा झापा शिवसताक्षीको एक धामलाई नगद हस्तान्तरण गरिएको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरी क्लबले शिवसताक्षीमा रहेको सताक्षीधाम गौशालामा आश्रित गाई, बटुक तथा साधुसन्तलाई एक दिनबापतको दाना र खाद्यान्नको रकम प्रदान गरिएको हो ।

क्लबका डाइरेक्टर राजकुमार शाहको जन्मदिनको अवसर पारेर क्लबले सो कार्यक्रम आयोजना गरेको थियो । क्लबले प्रत्येक सदस्यको जन्मदिनको अवसर पारेर सामाजिक सेवामुलक कार्यक्रम गर्ने योजना बनाएअनुरुप शाहको जन्मदिनमा नगद २५ हजार रुपैयाँ प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि लायन्स एरिया ३२५ए१ काहन्ड्रेड डल्लर क्याम्पेन चिफ लीला चिमरिया, चार्टर प्रेसिडेन्ट नीरज ओली, जोन चियरपर्सन जीवनकुमार खड्का, धामका प्रमुख नन्दकिशोर भारद्वज लगायतले शुभकामना व्यक्त गरेका थिए ।

क्लबका अध्यक्ष रामेश्वर द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष मनोज बानियाँले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण क्लबका सचिव अनन्तलाल महतोले गरेका थिए । कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer