२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एन्फा कार्यकारी समितिको आपतकालीन बैठक बस्दै


बिर्तामोड, साउन १५ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रकरण र साफ फुटबल आयोजनाको सन्दर्भलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्याकारी समितिको आपतकालिन बैठक बस्ने भएको छ ।

बैठक आज शुक्रबार दिउँसो ४ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा डाकिएको छ । बैठकमा यिनै दुईवटा विषयलाई मुख्य एजेन्डा बनाइएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।

अलमुताइरीले फेसबुकमार्फत राजीनामा दिने बताए पनि आधिकारिक रुपमा राजीनामा दिइसकका छैनन् । तर, अलमुताइरी प्रकरणलाई बढी चासोका रुपमा हेरिएको छ ।

साउन १० गते अमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले केही सातायता आफूलाई दुःख दिएको कारण राजीनामा दिने बताएपछि सामाजिक सञ्जाल तरंगित बनेको थियो ।

त्यस्तै, नेम्वाङले आफूमाथिको आरोप पुष्टि गर्न चुनौती दिँदै छानबिनको माग गरेका थिए । उनको भनाइ थियो, ’म दोषी पाइए एक मिनेट पनि एन्फामा बस्ने छैन । मैले गएको ३ हप्ता उहाँलाई काहाँनेर दुःख दिएँ । म आफै चकित छु । म अनप्रोफेस्नालिज्मका पछाडि लाग्दिनँ । उहाँले अनप्रोफेस्नालिजम देखाउनु भयो ।’

नेम्वाङले आरोप लागेसँगै छानबिनको माग गर्दै निवेदन दिएका थिए भने अलमुताइरीले पनि बिहीबार दुई सञ्चारकर्मी र वरिष्ठ उपाध्यक्षसँगको विवाद सम्बन्धमा छानबिन गर्न भन्दै एन्फामा निवेदन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer