२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

राष्ट्रिय फुटबल टिमका खेलाडीलाई १० दिन बिदा


बिर्तामोड, साउन १७ । परिवारसँग केही समय बस्न अनुरोध गरेपछि राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई १० दिनको विश्राम दिइएको छ ।

उनीहरु लामो समयदेखि बन्द प्रशिक्षणमा रहेका थिए । आसन्न साफ च्याम्पियनसिप र एसिया कपको अन्तिम छनोटको तयारीमा रहेको राष्ट्रिय टिमका खेलाडीले साफ च्याम्पियनसिप समेत पछि सरेकाले खेलाडीले छुट्टी पाएका हुन् ।

अगस्ट १० मा मैदानमा फर्किने गरी खेलाडीलाई बिदा दिइएको हो । पूर्वतालिका अनुसार नै खेलाडीलाई विश्राम दिइएको एन्फाले जनाएको छ ।

साफको तयारीमा रहेको नेपाललाई मुख्य प्रशिक्षक अब्दुल्लाह अल मुताइरीले प्रशिक्षण दिइरहेका छन् । उनले राष्ट्रिय टिममा ३६ खेलाडीलाई राखेर प्रशिक्षण गराइरहेका छन् ।

मुख्य प्रशिक्षकले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङमाथि आरोप लगाउँदै राजीनामा दिने घोषणा गरेपछि फुटबल विवाद उत्कर्षमा पुगेको थियो । घटनाको छानबिनका लागि एन्फाले मन्त्रालयलाई आग्रह गरेको छ ।

करिब १० दिनमा खेलाडीले समेत विश्राम पाउने र छानबिन समेत टुङ्गो लाग्ने एन्फाले आशा गरेको छ ।

छानबिनको टुङ्गो नलागेसम्म प्रशिक्षणमा नदेखिने अल मुताइरीले बताएका थिए । तर, शनिबार मैत्रीपूर्ण खेलमा भने उनी मैदानमा देखिए । प्रत्येक शनिबार प्रशिक्षकले खेलाडीबीच मैत्रीपूर्ण खेल खेलाउने गर्छन् ।

उनले शनिबार नितिन थापा र पुजन उपरकोटी नेतृत्वको टिम मैदान उतारेका थिए । नितिनको टिमसँग पुजनको टिम ४)३ ले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer