२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

ए डिभिजन लिग कात्तिक २९ देखि, विजेतालाई ७५ लाख


बिर्तामोड, साउन १८ । दक्षिण एसियाली फुटबल प्रतियोगिता ‘साफ च्याम्पियनसिप’ को कारण देखाउँदै सहिद स्मारक ए डिभिजन लिग पछि सरेको छ । असोज ३ गतेबाट सुरु हुने भनिएको लिग कात्तिक २९ गतेबाट सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न एन्फा र ए डिभिजन क्लबहरुबीचको बैठकले लिग पछि सारेको हो । बंगलादेशमा हुनुपर्ने साफ प्रतियोगिता रंगशालाको पुनर्निर्माण र कोरोना संक्रमणको कारण त्यहाँ हुन नसकेपछि साफले नेपाललाई पनि प्रतियोगिता आयोजनाका लागि प्रस्ताव गरेको थियो ।

त्यसैले, खेल मिति जुध्न सक्ने देखेर ए डिभिजन लिगको मिति पनि पछि सारिएको हो । त्यस्तै, ललितपुरका चारवटा ए डिभिजन क्ल्बले कोरोनाको कारण देखाउँदै लिग पछि सार्न भन्दै निवेदन दिएका थिए ।

पुरस्कार रकम समेत बढाइने एन्फाले जनाएको छ । ५० लाखबाट बढाएर ७५ लाख पु¥याइनेछ । दोस्रो र तेस्रो हुने क्लबले क्रमशः ५० लाख र २५ लाख प्राप्त गर्नेछन् । तयारी खर्चबापत एन्फाले सबै क्लबलाई २० लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

लिगको पुछारमा रहने दुई क्लब रेलिगेसनमा पर्नेछन् । यसअघिको लिगमा एउटा क्लब मात्र रेलिगेसनमा परेको थियो भने त्यो भन्दा अघिल्लो लिगमा पुछारका दुई क्लबलाई नकारात्मक अंक दिइएको थियो । गत वर्ष आर्मीलाई हराउँदै मच्छिन्द्र क्लब लिगको विजेता बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer