२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

अलमुताइरी-नेम्वाङबीचको विवाद मिलनविन्दु नजिक


बिर्तामोड, साउन २१ । कतारका राजदुतनिकट नेपाल घोडचढी संघका अध्यक्षको पहलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवाद मिलनविन्दु नजिक पुगेको छ ।

दुई साताअघि नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका प्रमुख प्रशिक्षक अलमुताइरीले फेसबुकमा स्टाटर लेख्दै नेम्वाङका कारण आफूले राजीनामा दिनुपरेको उल्लेख गरेका थिए ।

त्यसपछि अखिल नेपाल फुटबल संघ ’एन्फा’ मा पछिल्लो समय यो विषय पेचिलो बन्दै गएको थियो । वरिष्ठ उपाध्यक्षले आफूलाई दुःख दिएको कारण आफूले राजीनामा दिने प्रशिक्षकले सामाजिक सञ्जालमा पोस्ट गरेपछि एन्फामा माहोल तातेको थियो । लगत्तै नेम्बाङले छानबिनको माग गर्दै एन्फामा निवेदन दिए भने प्रशिक्षक अलमुताइरीले पनि छानबिनको माग गर्दै निवेदन दिए ।

राखेपले छानबिन समिति बनाए पनि वरिष्ठ उपाध्यक्ष नेम्वाङ र प्रशिक्षक अलमुताइरीबीच सहमतिको वातावरण बनेको छ । कतारका राजदुतनिकट नेपाल घोडचढी संघका अध्यक्ष रविराज कर्णिकारको सहजीकरणमा दुईजनाबीच भेट सम्पन्न भयो । कतारका राजदुतको सक्रियताको कारण नै कतारकै सहयोगमा अलमुताइरी नेपालमा प्रशिक्षणरत छन्।

’उहाँ (अलमुताइरी)को कुरा मैले सुनेको थिइन । अस्ति एन्फामा कुरा हुनै पाएन । उनको कुरा सुनियो । पत्रकारहरुको स्टाटसमा लाइक ग¥यो भनेर उहाँको मन दुखेको रहेछ । त्यतिमा त्यत्रो लेख्दा हाँसो पनि उठ्यो,’ वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने, ’जे भए पनि नेपाली फुटबलमा कर्माजी पछिको अभिभावक त म पनि हो नि । त्यसैले पनि उहाँले जस्तो कार्य गरेको भए पनि उनको कुरा बुझ्ने कोसिस गरेँ । कुरा सुनेँ । अनि एउटा समझदारी गरेर नेपाली फुटबललाई आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ, टिमलाई बलियो बनाउनुपर्छ भन्ने कुराहरु भएको छ । त्यति भएको हो ।’

नेम्बाङले आफूलाई प्रशिक्षकले जानीजानी वा अन्जानमा आक्षेपहरु लगाएपनि त्यो प्रमाणित गर्न सक्ने अवस्था नभएको बताउँछन् । प्रशिक्षकको व्यवहारलाई ’नादानी’ सम्झेर बिर्सिने प्रयास गरेको उनी बताउँछन् ।

यो विवाद सुल्झाउन एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले धेरै सक्रियता नदेखाएपछि आफैँ अघि सर्नुपरेको नेम्वाङ बताउँछन् । ’मैले अध्यक्षलाई धेरै पटक भनेँ तर उहाँले कुनै इनिसिएसन् लिनु भएन । त्यसका कारण मैले त लिखित दिनुप¥यो । छानबिनको माग गरेँ । त्यसबीचमा अध्यक्ष पोखरा बस्नुभयो, आउनुभएन । मैले महासचिव र प्रवक्तासँग पनि कुरा गरेँ । वातावरण बनाउन लाग्नुहोस भनेको थिएँ,’ नेम्वाङ भन्छन्, ’कतारका महामहिमका साथीले पहिला पनि कुरा गर्नुभएको थियो । तर म संस्थागत जान्छु भनेर संस्थागत गएको थिएँ । तर, अब अस्तिको निर्णय चाहिँ एन्फाको विधान, फिफाको मर्मविपरीत भयो । सहमति भन्नाले एकचरण सकारात्मक छलफल भएको हो । अरु कसैले इनिसिएसन नलिँदा उसको अभिभावक त म पनि हो नि भनेर आफैँ अघि बढेको हो ।’

प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको भेटपछि एकातर्फ विवाद मिल्ने अवस्था देखिएको छ भने अर्कोतर्फ छानबिनको प्रक्रिया अघि बढेको छ । यस्तोमा दुवैतिर मिलाएर जानुपर्ने नेम्वाङको बुझाइ छ ।

राजकर्णिकारका अनुसार त्यहीँबाट सहमतिको वातावरण बनेको छ । अब सबै कुरा सामान्य रहे दुवै पक्षले संयुक्त विज्ञप्ति निकालेपछि विवाद समाधान हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer