२०८२ असार २१ शनिबार
Jhapa Today
Adv top

मेस्सी पिएसजीमा अनुबन्धित


बिर्तामोड, साउन २६ । केही दिनअगाडि बार्सिलोनाबाट बिदा भएका अर्जेन्टिनी कप्तान तथा स्टार फरवार्ड लियोनेल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्धित भएका छन् ।

२१ वर्षसम्म बार्सिलोनामा रहेका मेस्सीले दुई वर्षका लागि फ्रेन्च हेभिवेटसँग सम्झौता गरेको इटालियन पत्रकार फ्याब्रिजियो रोमानोले जनाएका छन् ।

‘मेस्सी पिएसजीसँग अनुबन्धित भएका छन् । सम्झौता भइसकेको छ । र, सम्झौतामा थप्न सकिने अप्सन पनि छ,’ फुटबल समाचारका लागि सबैभन्दा विश्वासिला पत्रकार रोमानोले ट्वीट गरेका छन्, ‘प्रतिसिजन तलब करिब ३५ मिलियन युरो हुनेछ ।’

समाचारहरुका अनुसार मस्सीले पिएसजीबाट १९ वा ३० नम्बरको जर्सी लगाउने सम्भावना छ । आफूले लगाउँदै आएको १० नम्बर जर्सी लगाउन नेयमारले आग्रह गरे पनि मेस्सीले अस्वीकार गरेका थिए ।

Adv footer