२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

प्रहरी हौँ भन्दै पैसा माग्ने र कुटपिट गर्ने दुईजना पक्राउ


बिर्तामोड, साउन २९ । आफूहरु सादा पोशाकको प्रहरी हौँ भन्दै रकम असुल्ने र स्थानीयलाई कुटपिट गर्ने झापाका दुईजना पक्राउ परेका छन् ।

उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरिएको झापा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । पक्राउ पर्नेमा कनकाई ७ का बस्ने ४० वर्षीय विकास उप्रेती बिर्तामोड ३ पश्चिम धर्मकाँटा बस्ने ३२ वर्षीय टिका खत्री छन् ।

उनीहरुलाई हिजो बिहीबार पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा राखी अभद्र व्यवहार मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको छ ।

उप्रेती र खत्रीले साउन ११ गते दिउँसो बिर्तामोड ५ जात्रुबारी बस्ने नयनसरी राजवंशीको घरमा गई ‘तपाईंको छोरो लागुऔषध खाने बेच्ने गर्छ र डिलर पनि हो । अब छोरालाई जोगाउने हो भने २० हजार दिनु, नभए मुद्दा हालिदिन्छौँ’ भनेर थर्काएका थिए ।

त्यसपछि डरले राजवंशीले आफ्नो साथमा भएको एक हजार १०० रुपैयाँ दिएकी थिइन् । उनीहरु सा रकम लिँदै पछि फेरि लिन आउँछौँ भन्दै धम्काउँदै गएका थिए ।

त्यसको तीन दिनपछि राति अन्दाजी ०९ः३० बजेतिर फेरि राजवंशीको घरमा आई उनका छारा २५ वर्षीय विशाललाई बाहिर बोलाएर ‘हामी एउटा मिसनमा आएका हौँ किन गाउँका मान्छेलाई हल्ला गरी बोलाएको’ भन्दै उप्रेतीले पिटेका थिए ।

उनले आफ्नो कम्मरको बेल्ट खोलुर विशाललगायत अन्य गाउँलेसमेतलाई पेटीले हानेका थिए । घटनाको आठ दिनपछि नयनसरीले प्रहरीमा निवेदन दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer