२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

नेपाललाई बक्सिङमा तीन कास्य


बिर्तामोड, भदौ ९ । युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालले तीन कास्य पदक जितेको छ ।

नेपालका लागि पुरुषतर्फ छिरिङ वाङ्दी शेर्पाले जुनियर ५४ किलोमा कुबेतका खेलाडी मोहम्मद अलिनेजीलाई ५–० अंकले पराजित गर्दे कास्य जितेका हुन् । उनी सेमिफाइनलमा किर्गिस्तानका खेलाडी एडाइबेक नियाजबेसित पराजित भएका थिए ।

प्रशिक्षक डम्बरदत्त भट्टका अनुसार महिलातर्फ ५२ किलोमा स्वस्तिका तिरुवा र ५७ किलोमा नारिका राईले कास्य जिते ।

आगामी असोज १५ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट शेर्पा, तिरुवा र राईसँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरीले प्रतिस्पर्धा गरेका थिए ।

गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको थियो । टोलीमा ओलम्पियन एवम् प्रशिक्षक दिपक महर्जन, सन्दीप श्रेष्ठ, दुर्गा गहतराज र टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ संघका सदस्य तर्कराज राई छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer