२०८२ बैशाख २७ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

‘नवौँ राष्ट्रिय खेलकुद फागुनमा’


बिर्तामोड, असोज ५ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालले नवौँ राष्ट्रिय खेलकुद आगामी फागुनमा आयोजनाको लक्ष्य लिएको बताएका छन् ।

बर्लिन म्याराथनमा सहभागी हुन जाने धावक गोपीचन्द्र पार्कीलाई शुभकामना दिन आयोजित समारोहमा बोल्दै सदस्य सचिव सिलवाले नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकीका मुख्यमन्त्रीसँग छलफल भइरहेको बताए ।

‘अहिले हामी नवौँ राष्ट्रिय खेलकुदको तयारीमा छौँ । हिजो मात्रै गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायत सँग भेटघाट भयो, मैले कुरा राखेको छु,’ उनले भने, ‘हाम्रो प्रोपोजल फागुनको ६ गतेदेखि १६ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने भन्ने छ ।’

अर्को वर्ष चीनको हाङझाओमा हुने एसियन गेम्सको तयारी पनि सुरू गर्ने सदस्यसचिव सिलवालले बताएका थिए ।

‘खासखास खेलाडीबाहेक हामी नवौँ राष्ट्रिय खेलकुदबाट खेलाडी छनोट गर्छौं र एसियन गेम्सका लागि बन्द प्रशिक्षणमा राख्छौँ,’ उनले भने, ‘त्यसपछि बन्द प्रशिक्षणमा राखेर हाम्रो एसियन गेम्सको तयारी हुनेछ । एसियन गेम सकिनेबित्तिकै हामी १४ औँ दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा लाख्छौँ ।’

सन् २०२२ को मार्चमा साग आयोजना हुने बताउँदै सिलवलले नियमित रूपमा प्रशिक्षण, प्रतियोगिता भयो भने नेपालले पनि राम्रो नतिजा ल्याउन सक्ने बताए ।

‘वैज्ञानिक ढंगले प्रतियोगिता र प्रशिक्षण भयो भने अवश्य पनि खेलमा राम्रो परिणाम आउँछ,’ उनले भने, ‘हाम्रा खेलाडीसँग त्यो क्षमता छ । प्रशिक्षकमा पनि क्षमता छ ।’ –

नेपालप्रेसबाट

Adv footer